×

Nic Asia
Dabur
Prabhu Bank

भायानेटको एक्सजीएस फाइबरः टेक्नोलोजीमा आधारित नेपालकै पहिलो टुजीबीपीएस इन्टरनेट

चैत ९, २०७९

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायकमध्ये एक भायानेट कम्युनिकेसनले नवीनतम XGS फाइबर प्रविधिमा आधारित २ Gbps XGS-Extreme प्याकेज मार्फत नेपालकै पहिलो मल्टी-गिग इन्टरनेट सार्वजनिक गरेको छ। यो अत्याधुनिक प्रविधिको साथ भायानेट कम्युनिकेसनले देशको इन्टरनेट क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य राखेको छ।​

yONNEX
Frooti
Appy

XGS-PON अर्थात् १०-गिगाबिट सिमिट्रिकल प्यासिभ नेटवर्क अत्यन्त नयाँ फाइबर-अप्टिक ब्रोडब्यान्ड टेक्नोलोजी हो जसले १० Gbps सम्मको डाउनलोड र अपलोड स्पिड प्रदान गर्दछ।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

हाल इन्टरनेट वितरणको लागि प्रयोग गरिने मुख्य विधि गिगाबिट प्यासिभ नेटवर्क (GPON) मा आधरित छ। 


Advertisment
Lokantar App
Saurya island

हाल, Gigabit Passive Optical Network (GPON) प्रविधि इन्टरनेट वितरणको लागि प्रयोग गरिने प्राथमिक विधि हो जसको अधिकतम डाउनलोड गति 2.4 Gbps र 1.2 Gbps को अपलोड गति छ। अब XGS-PON को लन्चसँगै ग्राहकहरूले १० Gbps सम्मको सिमिट्रिक अपलोड र डाउनलोड स्पिड प्राप्त गर्न सक्नेछन्। ​

JYOTI
Vianet communication

भायानेट कम्युनिकेसनले नेपालको पहिलो २ जीबीपीएस इन्टरनेट सेवा उपलब्ध गराउन यो प्रविधि छनोट गरेको हो। XGS-PON मार्फत कम्पनीले नेपाललाई इन्टरनेटको नयाँ युगमा प्रवेश गराउने विश्वास लिएको छ। अब ग्राहकहरूले तीव्र गतिको डाउनलोड र अपलोडका साथै सिमलेस स्ट्रिमिङ र उत्कृष्ट गेमिङको अनुभव लिन सक्नेछन्। यसले कम्पनीलाई भर्चुअल रियालिटी, हाई रिजोलुसन भिडियो स्ट्रिमिङ, मल्टि-डिभाइस भिडियो स्ट्रिमिङ र क्लाउड कम्प्युटिङ जस्ता नयाँ-नयाँ इन्टरनेटको प्रयोगको लागि तयार राख्ने छ। 

हालका लागि नयाँ XGS फाइबर प्रविधिमा आधारित उत्पादनहरूको XGS-Extreme लाइन अप काठमाडौं उपत्यकाका चुनिएका क्षेत्रहरूमा मात्र उपलब्ध छ। यद्यपि भायानेटले छिट्टै आफ्ना XGS उत्पादनहरूको कभरेज उपत्यकाभरी बनाउन प्रतिबद्ध रहेको जनाएको छ।

भायानेट कम्युनिकेसन नेपालमा अत्याधुनिक प्रविधि र उत्कृष्ट सेवाहरू उपलब्ध गराउन सधैं प्रतिबद्ध रहेको छ र XGS-Extreme भायानेटले विगतमा ल्याएका केही अग्रगामी आविष्कारहरूको निरन्तरता हो।

सन् २०११ मा भायानेटले नेपालमा पहिलो पटक फाइबर-टू-द-होम प्रविधि ल्याएर देशको इन्टरनेटको क्षेत्रमा परिवर्तन ल्यायो।

त्यस्तै सन् २०१६ मा नेपालको पहिलो आईपीटीभी सेवाको सुरुवातसँगै यसले नेपालीहरूको टिभी हेर्ने अनुभवलाई सदाका लागि परिवर्तन गर्‍यो। कम्पनीले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट सेवाहरू प्रदान गर्न उन्नत प्रविधि र पूर्वाधारमा लगानी जारी राख्ने योजना बनाएको छ। 

'हामीले गर्ने सबै कुराको केन्द्रमा हाम्रा ग्राहक रहेका छन्। र उनीहरूको इन्टरनेटका आवश्यकताहरू समयसँगै विकसित हुँदै गएको कुरा हामीले बुझेका छौँ। XGS X-treme हामी नेपालमा नवीनतम प्रविधि मार्फत देशमा सबैभन्दा छिटो गतिको इन्टरनेट सेवा प्रदान गर्न र उत्कृष्ट सेवाहरू ल्याउने हामी प्रतिबद्ध छौँ भन्ने कुराको अर्को एउटा उदाहरण हो,' भायानेट कम्युनिकेसन्सकी सीईओ सेवा पाठकले भने। 

सन् १९९९ मा स्थापना भएको भायानेट कम्युनिकेशन लि. नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायकहरू मध्ये एक हो। दुई दशकभन्दा बढीको अनुभवका साथ भायानेट कम्युनिकेसनले नेपालभरका घर तथा व्यवसायहरूका लागि उच्च गतिको इन्टरनेट र उत्कृष्ट टीभी सोलुसनहरू उपलब्ध गराउँदै आएको छ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ २४, २०८०

नेपाल टेलिकम तीव्र गतिको मोबाइल इन्टरनेट फाइभजी प्रविधिमा प्रवेश गरिसकेको छ । फाइभजीको आन्तरिक परीक्षण गरेर व्यावसायिक प्रयोग गर्न उपयुक्त समयको पर्खाइमा टेलिकम छ । तर टेलिकमका ५८ लाख ७० हजार प्रयोगकर्ता भने अझ...

जेठ ५, २०८०

सरकारले इन्टरनेटको माध्यमबाट गरिने नेपाली विज्ञापन वा अन्य कारोबारलाई करको दायरामा ल्याई नियमन गर्ने भएको छ ।  लामो समयदेखि विद्युतीय माध्यममा हुने विज्ञापनलाई नियमन गर्नुपर्ने माग उठ्दै आएको थियो । सर...

चैत २५, २०७९

नेपाल टेलिकमका सिम प्रयोगकर्ताहरूले हिमालयन बैंकको मोबाइल बैंकिङ एप निःशुल्क चलाउन पाउने भएका छन् । नेपाल टेलिकम र हिमालयन बैंकको सहकार्यमा हिमालयन बैंकका ग्राहकले सो बैंकको एप निःशुल्क चलाउन सक्ने व्यवस्...

चैत २८, २०७९

नेपाल टेलिकमले चैत २९ गतेदेखि ३ महिनाको लागि स्प्रिङ अफर (Spring Offer) को रूपमा विभिन्न अफरहरू उपलब्ध गराउने भएको छ ।  यस अफरमा एफटीटीएच प्याकेजलाई अझ आकर्षक बनाइएको छ । यसअनुसार डाटा सु...

जेठ १५, २०८०

बालबालिका रुँदा वा कुनै कुराको जिद्दी गर्दा आमाबुवाले फकाउनका लागि मोबाइल फोन वा कुनै ग्याजेट दिने गरेका छन् ।  त्यसले बच्चालाई शान्त त गराउँछ तर उसलाई घन्टौंसम्म स्क्रीन हेरेर बस्ने लत पनि लगाउँछ ।&nb...

जेठ १, २०८०

मोबाइल फोनको अवैध आयात, प्रयोग र बिक्रीवितरण रोक्न भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले आज (सोमवार)देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेको छ। प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै आजबाट &nbs...

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

जेठ २२, २०८०

हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

ad
x