२० असार २०८३, शनिबार

साहाराविहीन बालबालिकालाई पढाउँदै विदेशी

साहाराविहीन बालबालिकालाई पढाउँदै विदेशी

दाङ तुलसीपुरस्थित दिदी घरमा आश्रय लिएका बालबालिकालाई डेनमार्कका नागरिकले अंग्रेजी सिकाउन थालेका छन् ।

तुलसीपुर उपमहानगरपालिका–१३ बखरियास्थित ‘बोइज शाखा’मा २ जना डेनमार्कका नागरिक ल्याएर बालबालिकालाई अंग्रेजी सिकाउन थालिएको संस्थाकी अध्यक्ष स्यानी चौधरीले बताइन् ।

‘बालबालिकाको अंग्रेजी शिक्षा राम्रो बनाउन मैले डेनमार्कबाट २ जनालाई बोलाएकी हुँ,’ उनले भनिन्, ‘उहाँहरू २ महिना बसेर शिक्षा दिनुहुनेछ ।’ 

अहिले संस्थाले १० छात्रलाई बखरियामा राखेको छ भने तुलसीपुर–६ डुम्रीगाउँमा २२ छात्रालाई राखिएको छ । थोमस र एडमले बालबालिकालाई शिक्षा दिइरहेका छन् । संस्थाले साहाराविहीन बालबालिकालाई आश्रय दिइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्