०७ साउन २०८३, बिहीबार

‘परदेशी २’ आगामी दशैँमा, फूलपातीको अघिल्लो दिनबाट प्रदर्शनमा आउने [भिडियोसहित]​

‘परदेशी २’ आगामी दशैँमा, फूलपातीको अघिल्लो दिनबाट प्रदर्शनमा आउने [भिडियोसहित]​

दर्शकमाझ प्रतीक्षित मानिएको नेपाली फिल्म ‘परदेशी २’ आगामी दशैँमा प्रदर्शनमा आउने भएको छ । 

निर्माण टिमले एक भिडियो सार्वजनिक गर्दै २०८० सालको विजया दशमीमा फिल्म प्रदर्शनमा ल्याउने घोषणा गरेको हो ।

फूलपातीको अघिल्लो दिन कात्तिक ३ बाट फिल्म प्रदर्शनमा आउनेछ । 

यसअघि दशैंमा आउने भनिएको फिल्म फागुनमा सरेको थियो । फागुनमा प्रदर्शनमा नआएको फिल्म अब आगामी दशैंमा प्रदर्शनमा आउने भएको हो । 

नारायण रायमाझी निर्देशित ‘परदेशी २’ लोकप्रिय गायक प्रकाश सपूतको डेब्यू फिल्म हो । 

फिल्ममा प्रकाशसँगै प्रशान्त तामाङ, दीलिप रायमाझी, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको अभिनय छ । 

आगामी दशैँमा प्रदर्शन गर्ने गरी फिल्मको केही दृश्यहरू खिचिएको छ । तीव्र तयारीका साथ फिल्म प्रदर्शनमा ल्याउने तयारीमा निर्माण टिम छ । 

७ वर्षअघिको सुपरहिट फिल्मको सिरिज भएकाले दर्शकको ठूलो जमातमा ‘परदेशी २’को पखाई व्यग्र छ ।

नारायण इन्टरनेशनलको प्रस्तुतिमा राजेश बंशल र नारायण रायमाझीले फिल्मको निर्माण गरेका हुन् ।

रमेश बिजीको कथा एवं पटकथा रहेको फिल्ममा बि.बि. अनुरागी र नारायण रायमाझीको संगीत, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व, दीर्घ खड्काको सम्पादन र मानकृष्ण महर्जनको छायांकन छ ।

फिल्मको टिजर र ‘के वर मागी’ बोलको गीतले दर्शकमाझ एक खालको चर्चा पाइसकेको छ ।

‘परदेशी’मा वाध्यताले खाडी मुलुक जानेहरूको कथा समेटिएकोमा यसपटक ‘परदेशी २’मा युवापुस्तामा रहेको विदेश मोहलाई पेस गरिएको छ । 

कमेन्ट गर्नुहोस्