जेठ १६, २०८०
सुवर्ण थापाको लेखन एवं निर्देशन रहेको फिल्म ‘द सेक्रेट्स अफ राधा’ पुनः प्रदर्शन हुने भएको छ । गतवर्ष भदौ १० गते रिलिज भएको फिल्म यसवर्षको भदौं २९ गतेबाट पुनः प्रदर्शनमा आउने भएको हो । गतवर्ष शो बाँड...
दर्शकमाझ प्रतीक्षित मानिएको नेपाली फिल्म ‘परदेशी २’ आगामी दशैँमा प्रदर्शनमा आउने भएको छ ।
निर्माण टिमले एक भिडियो सार्वजनिक गर्दै २०८० सालको विजया दशमीमा फिल्म प्रदर्शनमा ल्याउने घोषणा गरेको हो ।
फूलपातीको अघिल्लो दिन कात्तिक ३ बाट फिल्म प्रदर्शनमा आउनेछ ।
यसअघि दशैंमा आउने भनिएको फिल्म फागुनमा सरेको थियो । फागुनमा प्रदर्शनमा नआएको फिल्म अब आगामी दशैंमा प्रदर्शनमा आउने भएको हो ।
नारायण रायमाझी निर्देशित ‘परदेशी २’ लोकप्रिय गायक प्रकाश सपूतको डेब्यू फिल्म हो ।
फिल्ममा प्रकाशसँगै प्रशान्त तामाङ, दीलिप रायमाझी, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको अभिनय छ ।
आगामी दशैँमा प्रदर्शन गर्ने गरी फिल्मको केही दृश्यहरू खिचिएको छ । तीव्र तयारीका साथ फिल्म प्रदर्शनमा ल्याउने तयारीमा निर्माण टिम छ ।
७ वर्षअघिको सुपरहिट फिल्मको सिरिज भएकाले दर्शकको ठूलो जमातमा ‘परदेशी २’को पखाई व्यग्र छ ।
नारायण इन्टरनेशनलको प्रस्तुतिमा राजेश बंशल र नारायण रायमाझीले फिल्मको निर्माण गरेका हुन् ।
रमेश बिजीको कथा एवं पटकथा रहेको फिल्ममा बि.बि. अनुरागी र नारायण रायमाझीको संगीत, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व, दीर्घ खड्काको सम्पादन र मानकृष्ण महर्जनको छायांकन छ ।
फिल्मको टिजर र ‘के वर मागी’ बोलको गीतले दर्शकमाझ एक खालको चर्चा पाइसकेको छ ।
‘परदेशी’मा वाध्यताले खाडी मुलुक जानेहरूको कथा समेटिएकोमा यसपटक ‘परदेशी २’मा युवापुस्तामा रहेको विदेश मोहलाई पेस गरिएको छ ।
सुवर्ण थापाको लेखन एवं निर्देशन रहेको फिल्म ‘द सेक्रेट्स अफ राधा’ पुनः प्रदर्शन हुने भएको छ । गतवर्ष भदौ १० गते रिलिज भएको फिल्म यसवर्षको भदौं २९ गतेबाट पुनः प्रदर्शनमा आउने भएको हो । गतवर्ष शो बाँड...
गायिका समीक्षा अधिकारीको व्यस्तता सांगीतिक क्षेत्रमा पुनः चुलिएको छ । उनले एकैदिन चार वटासम्म गीतमा स्वर दिन थालेकी छिन् । उनका गीतले युट्युब ट्रेन्डिङमा स्थान जमाउन थालेका छन् । यतिबेला समीक्षाले स्वर दिएका तीनव...
आगामी आर्थिक वर्षको बजेटमा चलचित्र क्षेत्रलाई उचित सम्बोधन नगरिएको भन्दै चलचित्रकर्मीले असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले बजेटको छलफलमा समेत चलचित्र क्षेत्रला...
‘मिस पवि’का नामले चिनिँदै आएका पवित्रा साकीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । बिहीवार दिउँसो सार्वजनिक ‘थाहै भएन’ बोलको गीतको भिडियोमा उनी अभिनेता पल शाहसँग प्रस्त...
वसन्त निरौलाको निर्देशनमा नयाँ फिल्म ‘ज्वाइँ साब’ निर्माणको घोषणा गरिएको छ । निर्देशक निरौलाले हलेसी मन्दिरमा पूजा गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन् । रेड आई फिल्मसको प्रस्तुतिमा निर्माण...
सामाजिक–कमेडी जनरामा निर्माण भएको फिल्म ‘वेलकम टु हेम्जाकोट’ यही जेठ २६ गतेबाट प्रदर्शनमा आउँदैछ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले फिल्मको प्रचारप्रसारलाई तीव्र बनाएको छ । ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...