जेठ २६, २०८०
शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’को दुई पोस्टर शुक्रवार सार्वजनिक गरिएको छ । यो फिल्म साउने सङ्क्रान्तिको अवसर पारेर आगामी असार २९ गते रिलिज हुँदैछ । सञ्चारकर्मी रव...
झरनाको चिसो पानी मैयाँ, डाँडामुनी ताल पर्यो
राम्री त तिमी राम्री मैयाँ, मलाई किन गाल पर्यो
राम्री त तिमी राम्री मैयाँ, मलाई किन गाल पर्यो
यो हिट गीत नसुन्ने सायदै होलान् । गीतका रचनाकार सुरेश अधिकारीकै स्वरमा यो गीत सुन्दै आइएको थियो ।
दुई दशक भन्दा लामो इतिहास बोकेको गीतकार तथा गायक सुरेश अधिकारीको यो गीत यतिखेर रिमेक गरेर सार्वजनिक गरिएको हो ।
सगरमाथा डिजिटल प्रा.लिले गीतलाई रिमेक गरेको हो । जसमा गायक राजुले स्वर दिएका छन् । गीतमा सङ्गीत संयोजन योगेश काजी शाहले गरेका छन् भने मिक्सिङ्ग ,रेकर्डिङ र मास्टरिङ्ग पवन विश्वकर्माले गरेका हुन् ।
गीतकार अधिकारीको शब्द रचनामा सजिएको यस गीतमा निरज कुमार सुनारको संगीत रहेको थियो । कम्पनीले अहिले गीतमा एरेन्ज मात्रै बदलेर रिमेक गरिएको जानकारी दिएको छ ।
‘सबै गीतको रिमेक हुने भाग्य हुँदैन, यो उत्कृष्ट गीत भएकाले रिमेक गरिएको हो,’ कम्पनीका अध्यक्ष हिरा केसीले बताए । गीत रिमेक गर्न रचनाकार, सङ्गीतकार तथा गायक सबै पक्षसँग अनुमति पाएको उनको भनाइ छ । केही दिनअघि सार्वजनिक भएको यस गीतको अडियो अहिले युट्युबको ट्रेन्डिङमा रहेको छ ।
कुलेखानी आसपासका मनोरम दृश्यहरूलाई लिएर भिडियो बनाइएको कम्पनीका अध्यक्ष केसीले बताए । मौसम हिमाली निर्देशित यस भिडियोलाई अनिल के. मानन्धरले छायाँकन गरेका हुन् ।
भिडियोमा अभिनेता पुष्प खड्का र मोडल ललिना चिमरियाले अभिनय गरेका छन् । दुई दशक पुरानो सगरमाथा डिजिटलका एक सयभन्दा बढी लोकप्रिय गीतहरू बजारमा आइसकेका छन् ।
कम्पनीका तिमी बिनाको जीवन, तिमीले दिने माया, काली पारे दाइ, माया हो माया लगायतका विभिन्न गीतहरू लोकप्रिय छन् ।
शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’को दुई पोस्टर शुक्रवार सार्वजनिक गरिएको छ । यो फिल्म साउने सङ्क्रान्तिको अवसर पारेर आगामी असार २९ गते रिलिज हुँदैछ । सञ्चारकर्मी रव...
काभ्रेको भकुण्डेबेंसीमा दोस्रो सँस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु भएको छ । शुक्रवार नमोबुद्ध नगरपालिकाका मेयर कुन्साङ लामा, आयोजक सेलिब्रेटी नेपाल प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापक...
साङ्गीतिक जोडी अर्जुन पोखरेल र दुर्गा खरेल पोखरेल चाँडै बाबुआमा बन्दैछन् । चर्चित संगीतकार अर्जुन र गायिका दुर्गाले केही वर्षको प्रेम सम्बन्धलाई तीन वर्षअघि विवाहमा परिणत गरेका थिए । सामाजिक स...
आगामी शुक्रवारदेखि देशभरका हलमा प्रदर्शन हुन लागेको चलचित्र ‘वेलकम टु हेम्जाकोट’को प्रिमियर शो आयोजना गरिएको छ । काठमाडौंको केएल टावरमा रहेको एफक्युब हलमा आयोजित शोमा उपस्थित अतिीथहरूले चलचि...
शुक्रवारदेखि काभ्रेको भकुण्डेबेसीमा हुने दोस्रो सँस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’का लागि १७ वटा फिल्म छनोट भएका छन् । ३ दर्जन बढी फिल्ममध्येबाट १७ वटा फिल्मलाई छनोट गरिएको आयोजक सेलि...
अहिलेका व्यस्त अभिनेता दयाहाङ राई नयाँ फिल्ममा अनुबन्धित भएका छन् । यार्सा फिल्मसको ब्यानरमा निर्माण हुने फिल्म ‘कार्साङ’मा उनी अनुबन्धित भएका हुन् । सामाजिक कथामा बन्न लागेको फिल्मम...
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसमा खतरनाक अपराधमा मुछिएका १९ जनालाई आममाफी दिए । ४८२ जनाको कैद मिनाहा गरिदिए । तर, गाँजाकाण्डमा मुछिएका एक जनाले यो सुविधा पाएनन् । वर्षौंदेखि गाँजा मुद्दामा मुछिएका...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...