
इन्जिनियरको लाइसेन्स परीक्षामा ७२ प्रतिशत अनुत्तीर्ण भएका छन्।
मंगलबार इन्जिनियरिङ काउन्सिलले पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो ।
परीक्षामा सहभागी भएका १ हजार ९ सय ८१ जना विद्यार्थीमध्ये ५६५ जना मात्र उत्तीर्ण भएका काउन्सिलका अध्यक्ष पदम शाहीले बताए।
परीक्षा चैत्र १३ र १४ गते लिइएको थियो। इन्जिनियरसम्बन्धी २० विधामा परीक्षा भएको उनले जानकारी दिए। लाइसेन्स परीक्षामा उत्तीर्णांक प्रतिशत ५० राखिएको थियो।
इन्जिनियरिङ काउन्सिलले पहिलो पटक इन्जिनियर व्यवसायी दर्ता हुन लाइसेन्स परीक्षा लिन शुरू गरेको हो । उत्तीर्ण नहुनेले काउन्सिलको प्रमाणपत्र नपाउने र नेपाल भर इन्जिनियरका रूपमा काम गर्न नपाउने काउन्सिलले बताएको छ ।
इन्जिनियर उत्तीर्ण भएका इन्जिनियरहरूले इन्जिनियर व्यवसाय गर्न काउन्सिलमा दर्ता हुनुपर्ने भएकाले लाइसेन्सको लागि परीक्षा शुरु गरेको अध्यक्ष शाहीले बताए।