
आफूलाई कुटपिट गरेको भन्दै गायक दुर्गेश थापासहित ३ जनाविरुद्ध प्रहरीमा उजुरी दिएका टिकटकर रिदम क्षेत्रीले उजुरी फिर्ता लिएका छन् ।
टोखामा भएको म्युजिक भिडियो कलाकारहरूको पिकनिक कार्यक्रमका क्रममा आफूमाथि कुटपिट भएको भन्दै रिदमले प्रहरी वृत्त महाराजगञ्जमा आइतवार उजुरी दिएका थिए ।
प्रहरीले मंगलवार दुवै पक्षलाई बोलाएर छलफल गराएको थियो । सो क्रममा दुवैले अब एक–अर्काविरुद्ध नबोल्ने भनेर मिलापत्र गरेका छन् ।
दुर्गेशले फेसबुकमा स्टाटस लेख्दै उक्त विवाद अन्त्य गरेको जानकारी दिएका छन् ।
‘भाइले केश फिर्ता लिँदै विगतमा भएका गल्ती कमजोरी भविष्यमा सच्याउने, कहीँ कतै कुनै मिडियामा आइन्दा नबोल्ने र हराएको भनिएको सुनको सिक्रीको जिम्मेवार भाइ स्वयंले नै लिने ‘म्युचुल अन्डरस्ट्यान्डिङ’ मा सबै कुराको ‘द इण्ड’ भएको सबैमा जानकारीका लागी अनुरोध छ’ उनले लेखेका छन् ।