२५ असार २०८३, बिहीबार

चलचित्र ‘नाइँ नभन्नू ल ६’को ट्रेलर सार्वजनिक

चलचित्र ‘नाइँ नभन्नू ल ६’को ट्रेलर सार्वजनिक

वैशाख १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘नाइँ नभन्नू ल ६’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ ।

बिहीवार सार्वजनिक २ मिनेट ४४ सकेण्ड अवधिको ट्रेलरमा चलचित्रका मुख्य कलाकार डेब्यू अभिनेता आशीर्वाद क्षेत्री र अभिनेत्री आँचल शर्मालाई प्राथमिकता दिइएको छ ।

बाल कलाकारका रुपमा स्थापित अनुभव रेग्मी र ‘प्रेमगीत ३’ फेम्ड बाल कलाकार योगीशा खत्रीलाई पनि ट्रेलरमा राम्रै स्थान दिइएको छ ।

अथर्व उप्रेती लगायतका अन्य बालकलाकारहरु समेत ट्रेलरमा देखिएका छन् ।

विकासराज आचार्यको निर्देशन रहेको चलचित्रमा केकी अधिकारी, प्रियंका कार्की, सरोज खनाल लगायतका कलाकारहरूको समेत अभिनय छ ।

‘नाइँ नभन्नू ल ६’मा बालबालिकाको प्रेम कथालाई पनि निरन्तरता दिइएको छ । बालबालिका र युवापुस्ताको प्रेम अनि विछोडको कथामा निर्माण चलचित्रमा यसपटक एक्सन दृश्यहरू समेत देख्न सकिन्छ । 

विष्णुमणि दाहालसँग सहकार्य गरेर विकासराज आचार्यले ‘नाइँ नभन्नू ल ६’ निर्माण गरेका हुन् ।

निर्देशक आचार्य, सामिप्यराज तिमिल्सिना र अरुणदेव जोशी मिलेर चलचित्रको कथा तयार पारेका हुन् । ‘नाइँ नभन्नु ल’का यसअगाडिका पाँच वटै श्रृङ्खला सफल मानिन्छन् । वैशाख १ मा ‘नाइँ नभन्नू ल ६’सँगै अन्य तीन वटा चलचित्र पनि प्रदर्शनमा आउने तयारीमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्