०४ असार २०८३, बिहीबार

आजदेखि एसईई परीक्षा, सुदूरपश्चिममा २०८ परीक्षा केन्द्र

आजदेखि एसईई परीक्षा, सुदूरपश्चिममा २०८ परीक्षा केन्द्र

माध्यमिक शिक्षा परीक्षा (एसईई) आज शुक्रवारदेखि शुरू हुँदैछ ।

सुदूरपश्चिम प्रदेश शिक्षा विकास निर्देशनालय दिपायलले परीक्षाको तयारी पूरा भएको जनाएको छ । 

२०८ परीक्षा केन्द्र रहेको सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा आवश्यक उत्तरपुस्तिका पुग्नुका साथै सम्पूर्ण तयारी पूरा भएको शिक्षा विकास निर्देशनालय दिपायलका निर्देशक दुर्गादत्त विष्टले बताए । उनले भने, ‘माध्यमिक शिक्षा परीक्षाको लागि आवश्यक पर्ने केन्द्र निर्धारण, केन्द्राध्यक्ष, सुरक्षा व्यवस्था, उत्तरपुस्तिका लगायत सम्पूर्ण तयारी पूरा भएको छ ।’ 

सबै गरेर ५५ हजार ३७६ विद्यार्थी परीक्षामा सहभागी हुने निर्देशनालयले जनाएको छ । निर्देशनालयले दिएको जानकारीअनुसार नियमिततर्फ ५० हजार ५७४,  ग्रेडवृद्धितर्फ १ हजार ८५८ र प्राविधिक धारतर्फ २ हजार ९४४ विद्यार्थीहरू रहेका छन् । 

प्रदेशका ९ जिल्लामध्ये सबैभन्दा बढीे कैलाली जिल्लाबाट सहभागी हुने भएका छन् । कैलालीबाट १७ हजार ७४२ छन् भने सबैभन्दा कम डडेल्धुराबाट २ हजार ६८९ विद्यार्थी छन् । डोटीबाट ३ हजार ७७२, बाजुराबाट ३ हजार १६३, बझाङबाट ४ हजार ४००, अछामबाट ५ हजार ७३, दार्चुलाबाट २ हजार ९७१, बैतडीबाट ५ हजार ३५१ र कञ्चनपुरबाट १० हजार २१५ परीक्षार्थीको सहभागिता रहने छ ।

कैलालीमा ५३, डडेल्धुरामा १२, डोटीमा १२, बाजुरामा १५, बझाङमा १८, अछाममा २४, दार्चुलामा १६, बैतडीमा २५, कञ्चनपुरमा ३३ परीक्षा केन्द्र रहनेछ । 

salt training

कमेन्ट गर्नुहोस्