२४ असार २०८३, बुधबार

सन् २००२ को 'बाबा'पछि साउथ फिल्ममा म फ्लप भएँ- मनीषा कोइराला

सन् २००२ को 'बाबा'पछि साउथ फिल्ममा म फ्लप भएँ- मनीषा कोइराला

अभिनेत्री मनिषा कोइरालाले सन् २००२ मा आएको फिल्म 'बाबा' पछि दक्षिण भारतीय फिल्म इन्डस्ट्रीमा आफ्नो करिअर ओरालो लागेको बताएकी छन्। 

एक युट्युब च्यानललाई दिएको अन्तर्वार्तामा उनले रजनीकान्तसँगको फिल्म बाबा फ्लप भएपछि दक्षिण भारतीय फिल्म इन्डस्ट्रीमा आफ्नो करियर समाप्त भएको प्रतिक्रिया दिएकी हुन्। एक्शन थ्रिलर ड्रामा उक्त फिल्ममा मनिषाले मुख्य भूमिका निभाएकी थिइन् । 

उनले भनेकी छिन्, ‘बाबा सायद मेरो अन्तिम ठूलो तमिल फिल्म थियो । त्यतिबेला यो निकै नराम्रोसँग फ्लप भयो, त्यसैले मलाई लाग्यो कि साउथ फिल्ममा मेरो करिअर पूरै सकिएछ र ठ्याक्कै त्यस्तै भयो। 

मनिषाले थपिन्, ‘बाबा रिलिज हुनुअघि साउथका धेरै फिल्म गरिरहेकी थिएँ तर बाबाको बक्स अफिस संकटपछि मलाई फिल्मको अफर कम आउन थाल्यो । बिस्तारै अफर आउन बन्द भयो । 

तर 'बाबा' बक्स अफिसमा पुनः रिलिज गरिएपछि भने हिट भएको थियो। 

salt training

कमेन्ट गर्नुहोस्