
बिहीवार रामनवमीको अवसरमा प्रभास र कृति सेननको फिल्म आदिपुरुषको नयाँ पोस्टर सार्वजनिक भएको छ ।
त्यसमा कृति माता सीता, प्रभास भगवान् राम अनि सनी लक्ष्मणको भूमिकामा देखिएका छन् ।
सामाजिक सञ्जालमा यस पोस्टरका विषयमा गरिएका चर्चा सकारात्मक छैनन् ।
यसअघि फिल्मको टीजर सार्वजनिक हुँदा निकै आलोचना गरिएको थियो । फिल्मको भीएफएक्स एकदमै घटिया भएको भनी धज्जी उडाइएको थियो ।
अहिले पोस्टर हेर्दा पनि प्रयोगकर्ताहरू असन्तुष्ट छन् । पोस्टरमा सीता र रामको पवित्रता नझल्किएको उनीहरूको आरोप छ ।