×

NMB BANK
Dabur

सन्दर्भ : सहकारी दिवस

नेपालमा सहकारी : किन आउन थाल्यो समस्या, के हो समाधान ?

चैत २०, २०७९

NTC
Premier Steels

सहकारी पूर्णतः सदस्यकेन्द्रित व्यवसाय हो । समुदायका व्यक्तिहरूबाट आफूहरूको आर्थिक, सामाजिक र सांस्कृतिक  सामूहिक हितका लागि सहकारीको जन्म हुन्छ ।

Sagarmatha Cement
Muktinath Bank

सदस्यहरूको सीप, क्षमता र सम्बन्धमा सहकारी मौलाउँछ । सदस्यहरूबीच साझा बन्धन, समान बुझाई र सहकार्य भएपछि सहकारी संस्कृति विकास हुन्छ । सहकारीमा सदस्यहरूले जे गर्छन्, आफूहरूका लागि गर्छन् । सामूहिकताका लागि स्वयंसेवी हुन्छन् । पारस्पपरिकतामा काम गर्दछन् । सदस्यभन्दा पर सहकारीको न अस्तित्व हुन्छ, न कारोबार नै । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सहकारीहरू सदस्यकेन्द्रीयताको अवधारणाबाट विचलित हुँदा समस्यामा पर्न थालेका छन् । सदस्यहरू आफ्नै व्यवसायबाट विचलित हुनु, आफ्नै व्यवसायका लगानी कारोबार थाहा नपाउनु र थोरै व्यक्तिको वर्चस्व हुनुले संस्थाहरू सहकारी भावनाबाट टाढिँदा समस्यामा पर्दै गएका छन् ।


Advertisment
SBL

एकता नै बल हो, साझा बन्धन शक्ति हो भन्ने भावनाबाट पर हुँदा सहकारी असफल हुने दिशामा छन् । संस्था र सदस्यको सम्बन्ध बिग्रिन थालेको छ । प्रायः शहर बजारका संस्थाहरू सदस्यलाई केन्द्रबिन्दुमा नराखिकनै गर्भित आशयमा कारोबार गरिरहेका छन् । ठूला सहकारी र प्रभुत्वशाली व्यक्तिले नेतृत्व गरेका सहकारी सदस्यहरू समान हुन् भन्ने बुझाइबाट टाढा छन् र आफूखुशी कारोबार गरिरहेका छन् ।

Vianet communication
Laxmi Bank

सदस्यहरू आफ्नै संस्थाबाट पीडित भएका छन् । सदस्यकेन्द्रीयताले सहकारीलाई आफ्ना मूल्यसिद्धान्तमा व्यवसाय सञ्चालन गर्ने आदर्शबाट पर जान दिँदैन । जब सहकारीहरू आफ्ना आधारभूत मूल्य आदर्शबाट पर पुग्छन्, त्यसपछि सहकारी नाममा मात्र बाँकी रहन्छ । अहिले देखिएको समस्या यही हो । 

सदस्य केन्द्रीयताको सिद्धान्तबाट संस्थाहरू विषयान्तर नुहुन भनेर अन्तर्राष्ट्रिय सहकारी महासंघले सहकारीका सिद्धान्तहरू घोषणा गरेको छ । सहकारी ऐन, २०७४ मा सदस्य केन्द्रीयतालाई सघाउने गरी कानूनी प्रावधानहरू राखिएका छन् । ​निर्देशिकाहरूमा व्याख्या पनि गरिएको छ । सहकारी विभागले जारी गरेका निर्देशिका र सदस्य केन्द्रीयता सूचकांकमा संथाहरूको मूल्यांकन गर्ने आधार सदस्य केन्द्रीयतालाई मानेको छ । सदस्यहरूको सशक्तीकरण, सामाजिक पूँजी निर्माण र स्रोत संरक्षणका आयाममा विवेचना गरेर संस्थाहरू कति सदस्यकेन्द्रित छन् भन्न सकिन्छ ।

तीनवटै सूचकको सांख्यिकीय जोडबाट संस्थाहरूको सदस्यकेन्द्रीयता स्तर विवेचना गर्न सकिन्छ । यसर्थ सहकारीले नाफा कमाउँदैमा, सदस्य संख्याको विस्तार गर्दैमा, उभय पक्षमा उपलब्धि देखिएकै आधारमा सहकारी व्यवसाय राम्रो छ, सुशासनमा छन्, स्वनिमनमा छन् वा वित्तीय दिगोपनमा छन् भन्न सकिँदैन । मूल विषयबाट नै संस्थाको वास्तविक अवस्था, स्तर र प्रवृत्ति मूल्यांकन गर्न सकिन्छ । 

संस्थापकीय सरोकार, सञ्चालन सक्रियता र संरक्षकीय सम्बन्धका आधारमा संस्थाहरू सदस्यमुखी छन्, छैनन् भन्न सकिन्छ ।

तीनवटै सूचकको सांख्यिकीय जोडबाट संस्थाहरूको सदस्यकेन्द्रीयता स्तर विवेचना गर्न सकिन्छ । यसर्थ सहकारीले नाफा कमाउँदैमा, सदस्य संख्याको विस्तार गर्दैमा, उभय पक्षमा उपलब्धि देखिएकै आधारमा सहकारी व्यवसाय राम्रो छ, सुशासनमा छन्, स्वनिमनमा छन् वा वित्तीय दिगोपनमा छन् भन्न सकिँदैन । मूल विषयबाट नै संस्थाको वास्तविक अवस्था, स्तर र प्रवृत्ति मूल्यांकन गर्न सकिन्छ । 

सहकारी संस्थाहरू व्यवसायका प्रकृतिका आधरमा विभिन्न थरीका हुन्छन् । संस्थाको प्रकृति अनुसार सदस्यकेन्द्रीयता विधिमा सामान्य भिन्नता पाउन सकिन्छ । उत्पादक सहकारी (कृषि, दूध, चिया, कफी, फलफूल, माछापालन, अगुवा बाली आदि उत्पादनमूलक), उपभोक्ता सहकारी (भण्डार, बचत तथा ऋण, ऊर्जा, स्वास्थ्य आदि उपभोक्ता सेवा), श्रमिक सहकारी (हस्तकला, खाद्य परिकार, भोजनालाय, स्वरोजागरी सिर्जना, श्रमको विशेषता भएका) र बहुउद्देश्यीय सहकारी (उत्पादन, श्रम, सीप सेवा सञ्चान गर्ने) मा सदस्यकेन्द्रीयता हेर्ने सूचकहरू विशिष्टीकृत हुने गर्दछन् ।

सदस्यहरूको उत्पादनको सञ्चय, प्रशोधन एवं बजारीकरण व्यवसायमा बिक्री बजारमा जहाँसुकै गरेतापनि खरिद सदस्यहरूबाट मात्र गरेर सदस्यकेन्द्रीयता कायम गरिन्छ । त्यस्तै सदस्यहरूलाई आवश्यकताका चिजबिज वा सेवा सुलभ गराउने व्यवसायमा खरिद बजार जहाँसुकैबाट गरे तापनि बिक्री सदस्यहरूलाई नै गरेर, स्वरोजगारी आयोजनाअन्तर्गत कच्चा पदार्थ वा उत्पादित वस्तुबजार जहाँसुकै खरिद बिक्री गरेतापनि स्वरोजगारीको अवसर सदस्यहरूलाई मात्र दिलाएर र बचत परिचालन सेवामा बचत संकलन र ऋण लागनी दुवै पूर्णतया सदस्यहरूमै सीमित गरेर सदस्य केन्द्रीयता कायम गरिन्छ । तर गैरव्यावसायिक सेवाहरूमा सदस्य र गैरसदस्यबीच पहुँचमा कुनै विभेद गर्न पाइँदैन ।

त्यस्तै सहकारीको परम्परा अनुरूप विशेष अवस्थाका गैरसदस्यलाई व्यावसायिक सेवा प्रदान गर्नुपर्दा सदस्य र गैरसदस्यबीच प्रत्यक्ष वा अप्रत्यक्ष कुनै किसिमले मूल्यमा फरक गर्न पाइँदैन । यी कुराहरू उल्लेख गरेर नेपाल सरकारले दिग्दर्शन पनि जारी गरेको छ । 

साथै सदस्यहरू आफ्नो संस्थाका क्रियाकलापमा कति सहभागी भए, सूचना र जानकारी कति पाए, संस्थाको तर्फबाट उनीहरूलाई सहभागी बनाउने, नीति निर्णयका विषयमा कसरी जानकारी दिइएको छ र सदस्यको हितका विविध आयामहरूमा कति संवेदनशीलता देखाएको छ भन्ने आधारमा सदस्य र संस्थाको सम्बन्ध स्तर देख्न सकिन्छ ।

सहकारी सामान्य संगठन नभै सदस्य संस्था र सदस्य व्यवसाय भएकाले संस्था र सदस्यबीच मनोवैज्ञानिक करार वा आत्मिक सम्बन्ध अनिवार्य शर्त हो । यसैको आधारमा नै सदस्यकेन्द्रीयताका भौतिक आयाम देखिने हुन् । सदस्य सहभागिताको स्तर बढाउन, सञ्चालकीय सक्रियतामा सदस्यलाई समेट्न र सदस्यहित संरक्षण गर्न व्यवस्थापन हरतहरले प्रयत्नरत हुनुपर्दछ । संस्थाभित्र तहसोपानीय पद्धति होइन, हार्दिकता र भाइचारा व्यवहार स्थापित गरिएको हुनुपर्दछ । यस अवस्थामा मात्र संस्था जोखिम व्यवस्थापन र सुशासन कायम गर्न सकिन्छ । यस वर्षको सहकारी दिवसको आदर्श वाक्य ‘सहकारी दिगोपन : स्वनियमन र सुशासन’ ले यही भावनालाई अभिव्यक्त गर्दछ । 

अहिलेको अवस्था विश्लेषण गर्दा सदस्यकेन्द्रीयता स्थापना गर्न धेरै गर्नुपर्ने अवस्था छ, संस्थाको तर्फबाट पनि र सदस्यका तर्फबाट पनि । जिम्मेवारीका हिसाबमा सदस्यको तर्फबाट भन्दा संस्थाको तर्फबाट गर्नुपर्ने काम धेरै छन् । कारोबारहरू मूल्यसिद्धान्तबाट पर छन्, सदस्यहरू सूचना जानकारीबाट पर छन्, सदस्य मापदण्ड कार्यान्वयनमा आएका छैनन् । कानूनका प्रावधानहरू कार्यान्वयनमा आएका छैनन्, कानून र विधि पालनमा समाजका अन्य सदस्यभन्दा सहकारीहरू एक कदम अघि हुनुपर्नेमा त्यसो हुन सकेको छैन । 

सदस्यलाई संस्थाका हरेका क्रियाकलापमा सहभागी हुने स्थिति सिर्जना गर्ने, सदस्यको हितका कार्यबाहेक अन्य कार्य नगर्ने र निश्चित समयको अन्तरालमा सूचना जानकारी खुलासा गर्ने कामको विकल्प छैन । साथै सदस्य केन्द्रीयताका आधारमा नै संस्थाहरूको मूल्यांकन–प्रोत्साहन गर्न नियामक संस्थाहरू चुक्नु हुन्न ।

सहकारी शिक्षा र स्वनियमनमा सहकारीका संघहरू प्रभावकारी भएका छैनन् । कतिपय सञ्चालक/सदस्यहरू गर्भित आशयले पनि काम गरिरहेका छन् । महत्त्वपूर्ण निर्णयमा सदस्य स्वार्थ (सामूहिक स्वार्थ) उपेक्षित हुन पुगी स्वार्थ बाझिने काम पनि हुने गरेको छ । सहकार्य र सामाजिकताको अभियान क्रियाशील छैन । लगानी गर्न हुनेभन्दा पर गएर लगानी भएको छ । जस्तो कि संस्थाहरूले घरजग्गाको कारोबारमा सक्रियता देखाएका छन्, कम्पनीमा लगानी गरेका छन् । लेखा सुपरिवेक्षण समितिजस्ता आन्तरिक सुशासनमा निगरानी राख्ने संरचनाहरू आफ्ना जिम्मेवारीमा क्रियाशील नै छैनन् । सञ्चालकहरू दोहोरो सदस्यतामा छन् ।

आफैंले विनियममा उल्लेख गरेका कुराहरू आफैंले परिपालन गरिएको छैन । सहकारीका आधारभूत मूल्य सिद्धान्त मात्र कार्यान्वयन नभएको होइन, कानूनले गरेको कतिपय व्यवस्थाहरू पनि कार्यान्वयनमा आएका छैनन् । कानून कार्यान्वयनको अन्तिम जिम्मेवारी लिने नियामक पदाधिकारीहरू नियमनबाट पन्छिएका, बाहिरिएका छन् ।

सदस्य केन्द्रीयतामा मानक र विधि जारी गरेर मात्र संस्थाहरूले त्यसलाई ग्रहण गर्दैनन् भनेर बुझ्न नियामकहरू पछि परेका छन् । नियामकले हेरेनन् भनेर संस्था सञ्चालकहरूले भनिरहेका छन् । संस्थाहरू सुशासनमा रहेनन् भन्ने विज्ञ र आमसञ्चारका माध्यमले भनेका कारण सहकारीहरू झनै समस्या गए भन्ने आरोप पनि छ । संस्था र नेतृत्वहरू वास्तविकताबाट पन्छेर आरोप संस्कृतिमा पुग्दा पनि समाधान निस्किँदैन ।  

जनस्तरसम्म पुगिसकेको सहकारी अभियानलाई पुनःस्थापित गर्न जरुरी छ र यस कामको शुरूआत संस्थाहरूबाटै गर्नुपर्छ । समस्या आएपछि सदस्यहरूलाई गुहार्ने होइन, समस्या आउन नदिन, आएको समस्या समाधान गर्न पनि सदस्यहरूको विश्वास जित्नुपर्छ । सदस्यलाई संस्थाका हरेका क्रियाकलापमा सहभागी हुने स्थिति सिर्जना गर्ने, सदस्यको हितका कार्यबाहेक अन्य कार्य नगर्ने र निश्चित समयको अन्तरालमा सूचना जानकारी खुलासा गर्ने कामको विकल्प छैन । साथै सदस्य केन्द्रीयताका आधारमा नै संस्थाहरूको मूल्यांकन–प्रोत्साहन गर्न नियामक संस्थाहरू चुक्नु हुन्न । (@mainaligopi)

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

पुस ५, २०८०

हाम्रा पुर्खाहरूले २०० (सन् १८१४) वर्षअघि कस्तो समाजमा जीवनयापन गरे ? यसको लेखाजोखा हेर्दा कहालिलाग्दा तथ्यबाहेक केही भेटिन्न । मूलतः पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका युवाहरू लावालस्कर लागेर युद्धमा होमिए ।...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

फागुन १७, २०८०

हामीले सुन्दै आएको शब्द ‘कुशासन’को दुई फरक अर्थ हुन्छ । धेरैले राज्य शासनसँग जोडिएको घिनलाग्दो शब्द 'कुशासन' सुन्नुभएकै छ। पूजापाठ वा पवित्र कार्यमा बिछ्याइने कुशबाट बनेको चकटी वा आसनलाई प...

गल्ती दर्शनको सन्देश

गल्ती दर्शनको सन्देश

फागुन १२, २०८०

हामी प्रायः गल्ती गर्नु हुँदैन भन्छौँ, गल्ती हुन्छ कि भनेर डराउँछौँ । आफ्ना नानीहरूलाई पनि यस्तै शिक्षा दिन्छौँ । गल्ती गर्नु राम्रो होइन भन्छौँ, गल्ती गरे दण्ड पाइन्छ भन्ने गर्छौँ, तर गल्ती भन्ने कुरा नै त्यस्तै । नगरौँ...

प्रशासनिक सुधारको पाटो– ४ : नैतिकता, सदाचार र अनुशासन

प्रशासनिक सुधारको पाटो– ४ : नैतिकता, सदाचार र अनुशासन

फागुन ८, २०८०

भनिन्छ, राज्यलाई सधैँ इमान्दार मानिसहरूको खाँचो हुन्छ । सबैभन्दा इमान्दार मानिस राज्यलाई नै खाँचो हुन्छ, किनकि नागरिक हकहितका लागि गरिने काम, प्रयोग गरिने साधन र अभ्यास गरिने अधिकारमा इमान्दारिता देखिनुपर्दछ, ...

x