१९ असार २०८३, शुक्रबार

फ्राइडे रिलिज : सुरक्षाको ‘बहाव’ आजबाट प्रदर्शनमा

फ्राइडे रिलिज : सुरक्षाको ‘बहाव’ आजबाट प्रदर्शनमा

फ्राइडे रिलिज अन्तर्गत आजबाट सुरक्षा पन्त स्टारर फिल्म ‘बहाव’ प्रदर्शनमा आएको छ ।

प्रमोद कँडेलको लेखन एवं निर्देशन रहेको फिल्म देशव्यापी प्रदर्शनमा आएको हो ।

यो फिल्ममा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अली, सूर्य शर्मा भट्ट र ईश्वरी सिंहको शीर्ष भूमिका छ । श्रीधर पौडेल यस फिल्मका निर्माता हुन् । 

‘प्रसाद–२’ विवादका कारण प्रदर्शनमा आउन नसक्दा ‘बहाव’ले सोलो रिलिजको अवसर पाएको हो ।

वर्षको अन्तिम फिल्मका रुपमा प्रदर्शनमा आएको ‘बहाव’ले स्वतन्त्र हिसाबले बाँच्न चाहने एक महिला पात्रको कथा भनेको छ ।

यतिबेला हलमा फागुन १९ गते रिलिज भएको फिल्म ‘छक्का पञ्जा–४’ पनि प्रदर्शन भइरहेको छ ।

आगामी शुक्रवार भने एकसाथ ४ वटा नेपाली फिल्म प्रदर्शनमा आउँदैछन् ।

salt training

कमेन्ट गर्नुहोस्