१९ असार २०८३, शुक्रबार

ठगी आरोपमा एक जना पक्राउ

असार १९, २०८३
काठमाडौं
ठगी आरोपमा एक जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतीय नागरिक सञ्जय कुमार छन् ।

उनले एक जनबाट ९ लाख ८० हजार लिएर सम्पर्कविहीन भएको प्रहरीको आरोपमा छ ।

उनीविरुद्ध पीडितको उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको प्रहरी टोलीले उनलाई काठमाडौं महानगरपालिका–१६ बाट गत बुधबार पक्राउ गरेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्