१४ असार २०८३, आइतबार

‘प्रसाद २’ निर्धारित मितिमा रिलिज हुन नसकेपछि निर्देशकले मागे दर्शकसँग माफी

‘प्रसाद २’ निर्धारित मितिमा रिलिज हुन नसकेपछि निर्देशकले मागे दर्शकसँग माफी

निर्माताबीच आन्तरिक विवाद नआइदिएको भए आजबाट अर्को नेपाली फिल्म ‘प्रसाद २’ पनि प्रदर्शनमा आएको हुन्थ्यो ।

तर, फिल्मका दुई निर्माताबीच आर्थिक अपारदर्शीताको विषयले फिल्म प्रदर्शन हुन सकेन । 

पूर्व निर्धारित मितिमा फिल्म प्रदर्शनमा आउन नसकेपछि यसका निर्देशक सुदर्शन थापाले दर्शक एवं शुभचिन्तकसँग माफी मागेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै फिल्मको प्रदर्शन रोकिँन पुग्दा नेपाल र विदेशका वितरकलाई पर्न गएको आर्थिक तथा फिल्मको टिमका सदस्यमा पर्न गएको सिर्जनात्मक क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

निर्देशक थापाले लेखेका छन् ‘प्रदर्शन मिति आज चैत्र २४ लाई तय गरिएको फिल्म ‘प्रसाद २’ विविध कारणवश सार्वजनिक प्रदर्शनीमा आउन सकेन । यसबाट ‘प्रसाद २’का नेपाल र विदेशका वितरकलाई पर्न गएको आर्थिक क्षति तथा मेरो टिमका कलाकार, प्राविधिक र सर्जकहरूमा पर्न गएको सिर्जनात्मक क्षतिप्रति अन्तरमनदेखि दुःख व्यक्त गर्दछु । र, दर्शक शुभचिन्तकप्रति माफी चाहन्छु । समस्या समाधान भई छिट्टै प्रदर्शन मितिसहित आउन पाउने छौं भन्ने आशा राखेको छु ।’

salt training

कमेन्ट गर्नुहोस्