१५ असार २०८३, सोमबार

प्रताप दासको स्वरमा ‘बिहे पास’को शीर्ष गीत [भिडियो]

प्रताप दासको स्वरमा ‘बिहे पास’को शीर्ष गीत [भिडियो]

नभए नि सरकारी अड्डाको हाकिम
दिन सक्छु मैले नि मायाको तालिम

चट्ट चट्ट चट्ट जिन्दगी बनाइ देउन खास
आउ-आउ संगै गरौं मायाको बिहे पास

फिल्म ‘बिहे पास’को शीर्ष गीत सार्वजनिक गरिएको छ । शुक्रवार सार्वजनिक गीतमा गायक प्रताप दासले स्वर दिएका छन् ।

भिडियोमा फिल्मका मुख्य कलाकार अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृति श्रेष्ठ प्रस्तुत छन् । फिल्मको विषय र भाव गीत र भिडियोमा प्रस्तुत गरिएको छ ।

विष्णु भण्डारीको शब्द, सरोज पोखरेलको संगीत रहेको गीतलाई दिवेश राईले एरेन्ज गरेका हुन् । 

प्रवेश पौडेल निर्देशित फिल्म ‘बिहे पास’ वैशाख १ गतेबाट प्रदर्शनमा आउँदैछ । 

salt training

कमेन्ट गर्नुहोस्