२५ जेठ २०८३, सोमबार
थरीथरीका परिवार

विश्वका कुन देशमा कुन परिकार लोकप्रिय ?

चैत २५, २०७९
विश्वका कुन देशमा कुन परिकार लोकप्रिय ?

खाना सबैको आवश्यकता हो । बिहान, बेलुका, दिउँसो राति जुन समय पनि हामीलाई खानाको आवश्यकता पर्दछ । बिदाको दिन होस् या काममा जानुपर्ने दिन, सबैभन्दा पहिला हामीलाई खानाकै चिन्ता हुन्छ ।

भोजभतेर या कुनै विशेष दिन नै किन नहोस्, त्यहाँ पनि खानाकै पहिलो चर्चा हुन्छ । खाना विना हामीले जीवन सोच्न पनि सक्दैनौं । संसारका सबै देशमा नागरिकहरू खानाकै लागि भनेर धेरै दुःख गरिरहेका हुन्छन् । खानाले देशलाई चिनाउने काम पनि गरिरहेको हुन्छ ।

null

कुन देशको खाना के–कस्तो हुन्छ भन्ने चासो सबैमा हुन्छ । आ–आफ्नो देशको स्वाद चाख्नकै लागि भनेर पनि मानिसहरू बेलाबखत देशविदेशको भ्रमणमा निस्केका हुन्छन् ।

भारतमा बिर्यानी, करी, तन्दुरी, दाल, डोसा, साम्बाहार प्रसिद्ध छ भने पाकिस्तानमा कबाब, हलिम, गजरेला, फलुडा, गुलाबी चाय निकै लोकप्रिय छ ।

नेपालमा दालभात, सेलरोटी, छोइला, मोमो, ढिडो धेरैले चिन्छन् । 

nullकब सलाद, फजिता, कर्न ब्रेड जम्बालय, स्टेक, क्यालिफोर्निया रोल, मिट लोफ, म्यक एन्ड चिज, बेक बिन, पपकर्न, वफल, बुफेलो विङ्गस, बार्बीक्यु रिब, बीएलटी, हट डग, चिज बर्गर अमेरिकाको लागि संसारले चिनिने खानाहरू हुन् । 

nullतकोस, बुरिटो, केसिडिया, इन्चलाडिज, मोल, कर्नीटास मेक्सिकोका लागि चिनिएका परिकार मानिन्छन् । तोमख गाई, खाओ प्याड, प्यडथाइ, तोम यम गोङ्ग, पानाङ करी, रेड करी, सोमताम, मसमान करी, फिस केक थाइल्यान्डको विश्व चर्चित परिकार मानिन्छन् ।

nullरिसोटो, पिज्जा, पास्ता, नक्की, लजानी, जेलटो, रिबोलिटा, पोलेन्टा, रभिओली, फोकसिया, अरन्चिनी, ट्रोफल, पान्जारोटी, फ्लोरिनटिन, मिनिस्ट्रोनी, फ्रिस्टो मिस्टो, तिरामिसो जस्ता परिकारले इटलीलाई चिनाएको छ ।

nullफ्रग्ग लेग, किस लरेन, बुयाबेस, ब्रेटन प्यानकेक, फोइग्रा, रततोली, स्टेक टार्टारे, अनिअन सुप, थर्मिडोर, बगेट फ्रान्सलाई चिनाउने परिकार हुन् । चाउमिन, डम्लिङ, डिम्सम, हटपट, कुङपाउ, मापो तोफु, पेकिङ डक, वन्टन परिकारहरू चीनमा लोकप्रिय छन् ।

null

उडोन, सुशी, यकितोरी, तेम्पुरा, मिसो जापानमा चलेका खाना हुन् भने किम्ची, बुलगोगी, किम्बाब, सुन्डी, गल्बी, बोसम कोरियाका सुप्रसिद्ध परिकारमा गनिन्छन् ।

salt training

कमेन्ट गर्नुहोस्