गायक तथा युवा उद्यमी आरोहण श्रेष्ठको शब्द रचना तथा गायनमा तयार भएको ‘सपनाको घर’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
जेनेसिस इभेन्टस प्रा. लि.को पहिलो प्रस्तुति रहेको यस गीतको भिडियोमा अभिनेत्री नम्रता सापकोटा र अभिनेता शिशिर शिवाकोटीको अभिनय रहेको छ ।

सोमवार राजधानीमा एक कार्यक्रमकाबीच प्रेम कथामा आधारित उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
सो गीतको निर्देशन युवा निर्देशक नारायण प्रधानले गरेका हुन । इलाम, झापा लगायतका स्थानमा छायांकन गरिएको म्युजिक भिडियोको छायांकन रोशन मर्हजन र अनिष तामाङ्गले गरेका हुन ।
‘सपनाको घर’मा बज्र क्रियशनका कोबिद बज्र र बिकेश बज्रको संगीत रहेको छ ।