×

NMB BANK
NIC ASIA

अर्थतन्त्रको पछिल्लो चित्र

अर्थतन्त्रको बाह्य सूचक व्यापक सुधार: राष्ट्र बैंक भन्छ- चिन्ता लिनु पर्दैन [तथ्यांकसहित]

चैत २८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

देशको अर्थतन्त्रको बाह्य सूचक निकै सुध्रिएको पाइएको छ ।

Muktinath Bank

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७९/८० को ८ महिना (फागुनसम्मको)को तथ्यांकअनुसार अर्थतन्त्रका बाह्य सूचक अब्बल अवस्थामा रहेको देखिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत वर्ष फागुनसम्ममा अर्थतन्त्रको सूचक नकारात्मक भएर चिन्ता गर्नुपर्ने अवस्था थियो ।


Advertisment
Nabil box
Kumari

केन्द्रीय बैंकले लिएको नीतिका यो वर्ष भने सुधार देखिएको नेपाल राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले बताए ।

Vianet communication
Laxmi Bank

श्रेष्ठका अनुसार यो वर्षको फागुनसम्ममा आयात घटेको र रेमिट्यान्स बढेको छ । विदेशी मुद्राको सञ्चितिमा सुधार आएको छ । देश भित्रिने तथा बाहिरिने रकमबीचको अन्तर (शोधनान्तर स्थिति)मा पनि सुधार आएको छ ।

आयात धान्ने क्षमता ६ महिनाबाट ९ महिनाभन्दा बढी हुनु पनि सकारात्मक रहेको श्रेष्ठको भनाइ छ । 

राष्ट्र बैंकका अनुसार रेमिट्यान्स (विप्रेषण) आप्रवाहमा समेत उल्लेख्य रूपमा सुधार भएको छ ।

यो वर्षको फागुनसम्ममा विप्रेषण आप्रवाह २५.३० प्रतिशतले वृद्धि भएर ७ खर्ब ९४ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो रेमिट्यान्स आय यो अवधिसम्ममा ६ खर्ब ३१ अर्ब रुपैयाँ थियो । 

चालू खाता एवं शोधनान्तर स्थितिमा पनि सुधार आएको छ । अघिल्लो वर्षको तुलनामा चालू खाता घाटामा उल्लेख्य सुधार भएको उनले बताए ।

चालू खाता यो अवधिमा ४४ अर्ब ३१ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ४ खर्ब ६० अर्ब ७२ करोड रुपैयाँले घाटामा थियो ।

यो अवधिमा शोधनान्तर स्थिति १ खर्ब ४८ अर्ब ११ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ५८ अर्ब ६४ करोडले घाटामा रहेको थियो । 

अर्थतन्त्रका प्रमुख सूचक सकारात्मक हुनुले अर्थतन्त्रको अवस्था ठीकठाक भएको र आत्तिनुनपर्ने अवस्था नरहेको भनेर बुझ्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

ब्याजदर घटबढको जिम्मा बजारलाई, राष्ट्र बैंकले केही नगर्ने

बैंकहरूको ब्याजदर निकै बढेको गुनासो निजी क्षेत्रले गरिरहेको छ । राष्ट्र बैंकले भने ब्याजदर घटाउने वा बढाउने जिम्मा बजारलाई छाडेकाले अहिले केही नगर्ने जानकारी दिएको छ । 

बुधवार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरेर राष्ट्र बैंकले ब्याजदर घटाउने वा बढाउने जिम्मा बजारले निर्धारण गर्ने जानकारी दिएको हो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भने, ‘ब्याजदर निर्धारण गर्ने जिम्मा बजारलाई छाडेका छौं । २०४६ सालदेखि नै ब्याजदर निर्धारणको जिम्मा बजारलाई दिएकाले हस्तक्षेप गरेर बढाउने वा घटाउने भन्ने हुँदैन ।’

उनले थपे, ‘बजारमा तरलता बढी भएका बेला ब्याजदर घट्ने र कम भएको बेला बढ्ने गर्छ । यो बजारको सामान्य नियम हो । त्यही अनुसार चल्न दिनुपर्छ ।’

ब्याजदर जति बढे पनि बैंकहरूले पाउने भनेको ४ प्रतिशत मार्जिन हो । निक्षेपको ब्याज बढ्दा कर्जाको पनि बढ्ने र निक्षेपको घट्दा कर्जाको पनि घट्ने गरेको छ । ब्याजदर बढाएर कुनै पनि बैंक तथा वित्तीय संस्थाले अधिक लाभ लिन नसक्ने तर्क गभर्नर अधिकारीको छ ।

अनिवार्य नगद मौज्दात, कर्जा निक्षेप अनुपात, बैंक दर, न्यूनतम् पूँजीकोषसहितको व्यवस्थालाई मेन्टेन गरेर काम गर्न बैंक तथा वित्तीय संस्थालाई नरोकेको राष्ट्र बैंकको दाबी छ ।

बैंक तथा वित्तीय संस्थाहरूले निक्षेप तथा कर्जाको दुरुपयोग गरे फौजदारीसम्मको सजाय गर्ने अधिकारी बताउँछन् । ‘कर्जा दुरुपयोग गर्नेलाई कारवाही हुन्छ भने ऋण लिएपछि नतिर्न र अराजक गतिविधिमा संंग्लग्न हुन पनि पाइँदैन’, गभर्नर अधिकारीले भने ।  

राष्ट्र बैंक कुनै व्यक्ति वा व्यवसायी विशेषलाई हेरेर काम गर्ने संस्था नभएको र समग्र अर्थतन्त्रको विकासका लागि काम गर्ने उनको भनाइ छ । उनले भने, ‘केन्द्रीय बैंकले आफ्नो काम गरिरहेको छ । अर्थतन्त्रको सुधार र विकासमा खेल्नुपर्ने भूमिकामा कसैसँग सम्झौता गर्दैन ।’

८ महिनासम्मको देशको अर्थतन्त्रको चित्र (रकम रु.करोडमा)

null

 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x