×

NMB BANK
NIC ASIA

टीभीएस एनटर्क १२५ रेस एडिसन मरीन अब निलो रङमा

चैत ३०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

टीभीएस मोटर्सले बुधबार टीभीएस एनटर्क १२५ रेस एडिसन नयाँ मरीन निलो रङमा सार्वजनिक गरेको छ ।

Muktinath Bank

यो नयाँ रंग, युवा वर्गले मनपराएको विद्यमान रेस संस्करणको रातो र पहेँलो रंगसँगै राखिने कम्पनीले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कम्पनीका अनुसार टीभीएस एनटर्क १२५ रेस एडिसनको नयाँ स्ट्राइकिङ मरीन ब्लु कलरमा समावेश चेकर्ड फ्ल्याग रेस-प्रेरित ग्राफिक्सले छुट्टै स्टाइल स्टेटमेन्ट बनाउँछ । कालो, मेटालिक ब्ल्याक र मेटालिक नीलोको अद्वितीय तीन टोन संयोजनले राइडरलाई बाँकी भन्दा फरक भएको महसुस गराउने कम्पनीले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भने, ‘नेपालमा TVS NTORQ RT–Fi 125 Race Edition–Marine Blue मा सार्वजनिक गर्न पाउँदा हामी अत्यन्त खुसी छौं । स्मार्ट स्कूटर RT–Fi को समावेश संग एक बेस्ट–इन–क्लास अनुभव प्रदान गर्न डिजाइन गरिएको हो। यो प्रक्षेपणको साथ हामी हाम्रा युवा ग्राहकहरूका लागि बेस्ट अनुभव सिर्जना गर्न प्रतिबद्ध छौं ।’

Vianet communication
Laxmi Bank

लन्चको बारेमा बोल्दै कार्यकारी निर्देशक, अखिल गुप्ताले भने, ‘TVS NTORQ RT–Fi 125ले हाम्रा युवावर्गको लागि एक रोमाञ्चक, शक्तिशाली अनुभव प्रदान गरेर नेपालमा स्कुटर उपभोक्ताहरूको अपेक्षालाई पुनः परिभाषित गरेको छ । नेपालमा सबैभन्दा लोकप्रिय स्कुटर ब्रान्ड TVS NTORQ RT–Fi 125 Race एडिसन को Marine Blue स्कूटर RT–Fi प्लेटफर्मले सुसज्जित छ । उत्कृष्ट प्रदर्शन, राम्रो वास्तविक थ्रोटल अनुभवले हाम्रा युवा ग्राहकलाई पक्कै खुसी पार्नेछ ।’

स्टिल्थ एयरक्राफ्टको डिजाइनबाट प्रेरित टीभीएस एनटर्क १२५ रेस एडिसनले सिग्नेचर एलईडी टेल र हेडल्याम्पसहितको तीखो, आक्रामक शैलीलाई मूर्त रूप दिन्छ । स्कूटरमा रहेको अद्वितीय ‘रेस एडिसन’ प्रतीकले टीभीएस रेसिङ पेडिग्रीलाई थप जोड दिन्छ। स्पोर्टी स्टब मफलर, टेक्सचर्ड फ्लोरबोर्ड र डायमण्ड कट एलोय ह्वीलले स्कूटरको स्टाइललाई अझ बढाउँछ ।

SMARTXONNECTTM कनेक्टिभिटी प्ल्याटफममार्फत संचालित यस स्कुटरलाई टीभीएस कनेक्ट मोबाइल एप मार्फत सजिलै कनेक्ट गर्न सकिन्छ । ६० भन्दा बढी सुविधाहरूका साथ पूर्ण रूपमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर प्रदान गर्दछ ।

टीभीएस एनटर्क १२५ रेस एडिसन १२४.८ cc,, सिंगल–सिलिन्डर, ४–स्ट्रोक, ३–भल्भ, एयर–कूल्ड SOHC, फ्युल इन्जेक्टेड इन्जिनले सञ्चालित छ, जसले ६.९ kW @  २ ७,००० rpm ९.३८ एक् २ ७,००० PS @ को अधिकतम पावर आउटपुट प्रदान गर्दछ । १०.५ Nm @ २ ५,५०० rpm को उच्चतम टर्क भएको रेस एडिसनले ९५ किलोमिटर प्रतिघण्टाको टप स्पीड प्रदान गर्छ र केवल ९ सेकेन्डमा ०–६० किमी प्रतिघण्टाको गति बढाउँछ ।

पास बाइ स्वीच, डुअल साइड स्टियरिङ लक, पार्किङ ब्रेक र इन्जिन किल स्विच जस्ता मुख्य विशेषताहरूले स्कूटरको सुविधा अझ बढाउँछ । यसका अतिरिक्त, टीभीएस एनटर्क १२५ रेस एडिसनमा बाह्य इन्धन भर्ने सुविधा, USB चार्जर, ठूलो २०–लिटर अन्डरसेट स्टोरेज र TVS प्याटेन्टेड EZ सेन्टर स्ट्यान्ड रहेको छ ।

मरीन ब्लू कलरमा उपलब्द नयाँ टीभीएस एनटर्क १२५ रेस एडिसनको नेपाली बजारमा मूल्य २ लाख ९९ हजार ९०० रहेको छ । यो नेपालभर TVS मोटर कम्पनीको आधिकारिक डिलरशिपहरूमा उपलब्ध छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपालको अग्रणी ई–कमर्स ब्राण्ड दराजले नेपाल संवत्‌को अवसरमा काठमाडौं उपत्यकामा आयोजित र्‍यालीमा उत्साहपूर्ण सहभागिता जनाएको छ । उक्त र्‍यालीको प्रयोजक रहेको दराजको उपस्थितिले कार्यक्रममा रौन...

मंसिर १३, २०८०

महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)को आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्वीलर अटो‘ट्रियो’ नेपालका विभिन्न ठाउँमा सार्वजनिक गरेको छ ।​ महिन्द्राले छोटो सम...

मंसिर ३०, २०८०

विश्वभर नै गुणस्तरीय सेवासहित चेन होटल विस्तारलाई तीव्रता दिएका लुभरे होटल ग्रप, गोल्डेन टुलिप ब्रान्डमा सरोबर होटल एण्ड रिसोर्ट्सको व्यवस्थापनमा रुपन्देहीमा चेन होटल सञ्चालनमा आउने भएको छ । आगामी वर्षदेखि सञ्चा...

पुस ७, २०८०

इस्पी सम्बत्को नयाँ वर्ष सन् २०२४ को अवसरमा नेपालको प्रमुख पर्यटकीय नगरी पोखरामा २५ औँ ‘पोखरा स्ट्रिट फेस्टिभल’ हुने भएको छ । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान)को आयोजना र एडसाथीको व्यवस्थ...

कात्तिक २६, २०८०

प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आइतबार देखिएका नेपाली फूल बिक्रेता निराश देखिन्थे । तिहारमा पनि फूलको व्यापार सोचेजस्तो नभएपछि उनीहरू निराश भएका हुन् । फूल बिक्री नभएपछि व्यापारीहरू ग्राहकको पर्खाइमा हात&n...

कात्तिक २५, २०८०

नेपालको पहिलो र सबैभन्दा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले आफ्नो सेवा प्रदान गरेको १३औं वर्ष पूरा गरेको छ । आजसम्म आइपुग्दा फूडमान्डुको लोकप्रियता दिनानुदिन बढिरहेको छ र अनलाइन फूड अर्डर गर्न चाहने जो ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x