२६ असार २०८३, शुक्रबार

तीन महिनादेखि रोकिएको ‘सक्किगोनि’को तेस्रो सिजन ल्याउने तयारी

तीन महिनादेखि रोकिएको ‘सक्किगोनि’को तेस्रो सिजन ल्याउने तयारी

विगत तीन महिनादेखि रोकिएको चर्चित हास्य टेलिसिरियल छिट्टै प्रसारणमा आउने भएको छ ।

१०० औं भाग प्रसारण भएपछि रोकिएको सिरियलको अब नयाँ सिजन ल्याउने तयारी गरिएको हो ।

तेस्रो सिजन पनि हिमालय टेलिभिजनबाट प्रसारण हुनेछ ।

सिरियलका लेखन, निर्देशक एवं कलाकार समेत रहेका अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’ले सामाजिक सञ्जालमार्फत यो खबर सेयर गरेका छन् ।

नयाँ वर्षको सुरुवातसँगै आफूहरूको नयाँ खबर सुनाउन पाउँदा खुशी लागेको यी दुईले बताएका छन् । सिरियल कहिलेबाट प्रसारणमा आउने भन्नेबारे भने उनीहरूले खुलाएका छैनन् ।​

salt training

कमेन्ट गर्नुहोस्