२९ असार २०८३, सोमबार

भारतबाट दूध ल्याउन अनुमति माग

भारतबाट दूध ल्याउन अनुमति माग

दूध  अभाव  भएपछि  सरकारी  तथा  निजी  डेरी उद्योगीहरूले भारतबाट दूध, एसएनपी (धुलो दूध) र बटर ल्याउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग अनुमति माग गरेका छन् । 

सरकारी   स्वामित्वमा   रहेको   दुग्ध   विकास  संस्थान,  निजी  क्षेत्रका  नेपाल  डेरी  एसोसिएसन र नेपाल डेरी उद्योग सङ्घले कृषि मन्त्रालयअन्तर्गतको राष्ट्रिय दुग्ध विकास बोर्डमा निवेदन दिएका छन् । बोर्डका प्रमुख डा. राजेन्द्र यादवका अनुसार नेपालमा  दूध  उत्पादन  कम  भएकाले  भारतबाट  ल्याउन  पाउनुपर्छ  भनी  अनुमतिका  लागि  डेरी  उद्योगीहरूले निवेदन दिएका हुन् । दूध उत्पादन कम भएका कारण धुलो दूध र बटर पनि बनाउन नसकिएको उद्योगीहरूको भनाइ रहेको खबर गोरखापत्रमा छ ।

salt training

कमेन्ट गर्नुहोस्