
रूपन्देहीको सियारी गाउँपालिका अध्यक्षको घरमा अज्ञात समूहले बम राखेको अवस्थामा फेला परेको छ ।
सियारी गाउँपालिका वडा नम्बर ४ स्थित अध्यक्ष थानेश्वर घिमिरेको घरमा शनिबार बिहान प्रेसर कुकर बम फेला परेको हो ।
घिमिरेको घर पछाडि कुकर बम फेला परेको जिल्ला प्रहरी कार्यलय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
शंकास्पद वस्तु देखेपछि घिमिरेले प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरीसहित नेपाली सेनाको टोली डिस्पोजका लागि परिचालित भएको डीएसपी अर्यालले जानकारी दिए ।
बम कसले राखेको हो भन्ने पुष्टि हुन सकेको छैन ।
घिमिरे कांग्रेसबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन् ।