१४ असार २०८३, आइतबार
प्रतिनिधिसभा बैठक

एमालेले सदनमा माग्यो जवाफ– व्यवस्था संकटमा पर्‍यो भनेर प्रधानमन्त्रीले के सन्देश दिन खोजेको ?

एमालेले सदनमा माग्यो जवाफ– व्यवस्था संकटमा पर्‍यो भनेर प्रधानमन्त्रीले के सन्देश दिन खोजेको ?
फाइल फोटो

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो व्यवस्था संकटमा पर्‍यो, उल्टिन लाग्यो भनेर दिएको अभिव्यक्तिबारे नेकपा एमालेले संसदमा जवाफ माग गरेको छ ।

आइतवार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै सभामुखसँग समय लिएर एमाले सांसद ठाकुर गैरेले व्यवस्था संकटमा पर्‍यो भनेर प्रधानमन्त्रीले के सन्देश दिन खोजेको भनेर प्रश्न गरेका हुन् । 

सांसद गैरेले परिवर्तन उल्ट्याउने प्रयास भएमा त्यसको प्रतिरोधका लागि संसद् तयार रहनुपर्ने बताए ।

‘नयाँ वर्षको दिन वैशाख १ गते प्रधानमन्त्रीले पार्टी कार्यालयमा गएर यो व्यवस्था संकटमा पर्‍यो, यो उल्टिन लाग्यो भनेर के सन्देश दिन खोज्नुभएको हो ?’ गैरेले प्रश्न गरे, ‘व्यवस्थामाथि संकट आएको हो भने प्रधानमन्त्रीले सदनलाई जानकारी गराउनुपर्‍यो । सदन सूचित हुनुपर्‍यो । कसको कारणले र कसले उल्ट्याउन खोजेको हो, प्रधानमन्त्रीले सदनलाई जानकारी गराउनुपर्छ ।’ 

नेमकिपा सांसद प्रेम सुवालले भने जनतालाई भ्रम छर्नका लागि प्रधानमन्त्रीले व्यवस्था उल्टिन लाग्यो भनेर अभिव्यक्ति दिएको टिप्पणी गरे । 


 

salt training

कमेन्ट गर्नुहोस्