२६ असार २०८३, शुक्रबार

'आइएमई'को नयाँ वर्ष अफर : अब ७ मा ७

'आइएमई'को नयाँ वर्ष अफर : अब ७ मा ७

आइएमईले नयाँ वर्ष २०८० को अवसरमा ‘७ मा ७ तपाईंको मेहनतमा हाम्रो साथ’ भन्ने मूल नाराका साथ नयाँ योजना सार्वजनिक गरेको छ ।

विदेशबाट नेपाल पैसा पठाउँदा प्रत्येक हप्ता, प्रत्येक प्रदेशबाट १ जनाका दरले सात प्रदेशका ७ जना गरी ४ हप्ताका कुल २८ भाग्यशाली विजेताहरूलाई उपहार स्वरूप जनही नगद रु ७ हजार प्रदान गरिने छ ।

उक्त योजना २०८० वैशाख महिनाभरी सञ्चालन हुने कम्पनीले जनाएको छ ।

विदेशमा रहेका नेपालीहरूले आइएमई वा आइएमईका साझेदारहरूमार्फत पठाएको रकम आइएमई पे, बैंक डिपोजिट तथा आइएमई एजेन्टहरूबाट प्राप्त गरी यस योजनामा सहभागी हुन सक्नु हुनेछ ।

योजना अवधिभर ७ प्रदेशबाट २८ जना भाग्यशाली विजेताहरूको घोषणा सिस्टममा आधारित लक्की ड्रमार्फत गरिनेछ भने सो सम्बन्धी जानकारी कार्यालयका आधिकारिक सामाजिक सञ्जाल र वेभ पेजहरूका अतिरिक्त आमसञ्चार माध्यममार्फत सार्वजनिक गरिनेछ ।

आफ्नो स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्‍याउन प्रतिबद्ध यस कम्पनीले सेवा शुभारम्भको २१ औं वर्षसम्ममा नेपालका शहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टरसहित ७७ जिल्लाका करीब १२ हजार सब एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीहरूले  दु:ख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तबरबाट वितरण गर्दै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्