
विश्वव्यापी रूपमा मन पराइएको स्मार्टफोन सामसङले हालैमात्र बजारमा उपलब्ध गराइएका ए सिरिज मोडलका २ वटा नयाँ ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५ जीको खरिदमा सीमित समयका लागि विशेष योजना शुरू गरेको छ ।
यस योजनाका लागि सासमसङले नबिल बैंकसंग अप्रिल १२, २०२३ मा एक सम्झौता पत्रमा हस्ताक्षर गरेको छ, जस अनुसार नबिल बैंकका भिसा डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले ग्यालेक्सी ए३४ ५ जी र ग्यालेक्सी ए५४ ५ जी मोबाइल खरिद गर्दा रु. २०००/ क्यासब्याक प्राप्त गर्नेछन् ।
सामसङ ग्यालेक्सी ए३४ ५ जि र ग्यालेक्सी ए५४ ५ जि नेपाली बजारमा गत मार्च २९, २०२३ देखि उपलब्ध गराउन थालिएको हो र उपलब्ध भएदेखि नै तिनमा विद्यमान असाधारण पफर्मेन्स र अद्भुत विशेषताहरूका कारण मोबाइल बजारलाई तताइदिएको छ ।
यी दुवै मोडलहरूमा आश्चर्यजनक क्यामरा र धेरै दिनसम्म चलिरहने ५००० एमएएच ब्याट्री जडित छन् भने यी मोडलहरू अद्वितीय डिजाइन एवं विविध रंगमा उपलब्ध छन्, जसले ग्राहकहरूलाई अतुल्य उत्पादनको अनुभूति दिलाएको छ ।
क्यासब्याक अफरका साथ ग्यालेक्सी ए३४ ५ जी र ग्यालेक्सी ए५४ ५ जी ग्राहकहरूका लागि अझ बढी सुलभ भएको छ । ग्राहकहरूले उनीहरूसँग भएको नबिल बैंकको भिसा डेबिट वा क्रेडिट कार्डमार्फत् चुनिएका स्टोरहरू अथवा ब्रान्डका शोरुमहरूबाट ग्यालेक्सी ए३४ ५ जी र ग्यालेक्सी ए५४ ५ जी खरिद गर्दा क्यासब्याक अफरको फाइदा लिन सक्नेछन् ।
यो योजना सीमित अवधिका लागि मात्र लागू गरिएको कम्पनीले जनाएको छ ।