१५ असार २०८३, सोमबार

र्‍यापर बादशाहले गीतमा शिव भगवानको गलत उपयोग गरेको भन्दै विवाद (भिडियो)

बैशाख ६, २०८०
र्‍यापर बादशाहले गीतमा शिव भगवानको गलत उपयोग गरेको भन्दै विवाद (भिडियो)

भारतका प्रख्यात र्‍यापर बादशाहले नयाँ गीतमा भगवान् शिवको नामको गलत उपयोग गरेको भन्दै सन्त र महन्तहरूले आपत्ति जनाएका छन् । 

भगवान् भोलनाथको नाम लिँदै बादशाहले अश्लील शब्दको पनि उपयोग गरेका छन् । 

उज्जैनको महाकाल मन्दिरका पुजारीहरूले पनि गीतमा आपत्ति जनाएका छन् । भगवान् शिवको नाम लिने भए भजन बनाउन र त्यसलाई प्रख्यात बनाउनतिर लाग्नुपर्ने उनीहरूको भनाइ छ । आफ्नो प्रसिद्धिका लागि भगवानको नामको गलत उपयोग गर्न नहुने उनीहरू बताउँछन् । 

यसबाट सनातन संस्कृतिको मजाक उडाइएको र यसलाई आफूहरूले नसहने उनीहरूको कथन छ । 

बादशाहको गीतको अन्तरामा ‘ज्ञान बाँड्दै हिँड्छु...अश्लील शब्द...हिट हान्दै हिँड्छु...तीन तीन रात लगातार जाग्छु, भोलेनाथसँग मेरो दोस्ती छ’ भनिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्