
अभिनेता एवं मोडल पल शाहले आफ्नो कमब्याक म्युजिक भिडियो रिलिज गर्ने तयारी गरेका छन् ।
उनले ‘तिमीलाई हेर्ने बानी पर्यो’को फिमेल भर्सनबाट कमब्याक गर्न लागेका हुन् ।
उनले यो गीतको म्युजिक भिडियोको सकिसकेका छन् । अनु चौधरीको स्वर रहेको गीतको भिडियोमा पल ‘ए हो र माया’ फ्रेम्ड मोडल सनिशा भट्टराईसँग प्रस्तुत छन् । पलले आफ्नै निर्देशनमा यो भिडियोको छायाँकन सकेका हुन् ।
पोष्टर सार्वजनिक गर्दै उनले भिडियो छिट्टै सार्वजनिक हुने जनाएका छन् । पलको अफिसियल युट्युब च्यानलमार्फत यो गीत सार्वजनिक हुनेछ । एक वर्षभन्दा लामो समयपछि अभिनयमा फर्किएका कारण उनको कमब्याक म्युजिक भिडियोलाई लिएर दर्शकमा प्रतीक्षा छ ।
