३० जेठ २०८३, शनिबार

कार्यबाहक राष्ट्रपति यादवद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त

बैशाख १६, २०८०
कार्यबाहक राष्ट्रपति यादवद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त

कार्यबाहक राष्ट्रपति रामसहायप्रसाद यादवले जगत् जननीका रूपमा पूजा अर्चना गरिने सीता नेपाल भूमिकी पूत्री हुनु नेपालीका लागि गौरवको विषय भएको बताएका छन् ।

सीता जयन्तीका अवसरमा शनिवार शुभकामना दिँदै उनले माता सीतालाई धैर्य, सहनशीलता र उदारताकी प्रतिमूर्तिका रूपमा लिइने जनाएका छन् ।

उनले मिथिलाकालीन सभ्यतादेखि नै समाजमा महिलाको स्थान उच्च राख्न मार्गदर्शन गर्ने आदर्श नारीका रूपमा समेत सीतालाई श्रद्धा गरिने उल्लेख गरेका छन् । यस अवसरमा लैंगिक विभेद लगायत सबै प्रकारका सामाजिक र सांस्कृतिक विभेदको अन्त्य गर्दै प्रगतिशील, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि सबैमा निरन्तर प्रेरणा प्रदान गरोस् भनी उनले कामना गरेका छन् ।

कार्यबाहक राष्ट्रपति यादवले यस अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको कामना गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्