×

NMB BANK
NIC ASIA

पूर्वप्रधानन्यायाधीश श्रेष्ठको ‘जिन्दगीका तरेली’ लोकार्पण

बैशाख १६, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको ‘जिन्दगीका तरेली’ नामक गीति एल्वम लोकापर्ण गरिएको छ । उनका पिता कुलबहादुर श्रेष्ठ र माता लक्ष्मीदेवी श्रेष्ठले शनिवार काठमाडौंमा आयोजित समारोहमा उक्त एल्वम सार्वजनिक गरेका हुन् ।

Muktinath Bank

उक्त एल्वममा तिमी अर्कै भयौँ, म सिँढी चढ्दै जान्छु, कर र करार होइन माया, के जिउनु खै जिन्दगी, देउराली भाक्नुपर्ने, के भेट भयो यस्तो र हिमाल हेरेर बोलका जीवन, प्रेम, आध्यात्मिक र देश दर्शनसँग सम्बन्धित सातवटा गीत समेटिएको छ ।​


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पूर्वप्रधानन्यायाधीद्वारा रचित गीतमा गायक आनन्द कार्की, रामकृष्ण ढकाल, सत्यराज आचार्य, स्वरुपराज आचार्य, शिशिर योगी, सुमित खड्का र मिलन नेवारको स्वर र शक्ति बल्लभको सङ्गीत रहेको छ । सो अवसरमा प्रमुख अतिथि एवं गीतकार श्रेष्ठका पिता कुलबहादुरले मानिस भएर जन्मिएपछि देशको सेवा र अरूको सम्मान गर्नुपर्छ भन्ने बुद्धि र विवेक सबैमा रहन जरुरी रहेको बताए ।


Advertisment
Nabil box
Kumari

वरिष्ठ गीतकार यादव खरेलले गीत भनेको शब्द, सङ्गीत र गायनको संयोजन भएकाले त्रिवेणीमा जोडिएपछि कलकल बगेको नदीको पानीझैँ हुनुपर्ने बताए ।

Vianet communication
Laxmi Bank

उनले भने, “गीत–सङ्गीतले प्रदान गर्ने मिलन, विछोड र हाँसोका कुरा आम स्रोता र दर्शकले अपनत्व महसुस गर्नुपर्छ, त्यसो भएमा सिर्जनाले निरन्तरता पाउँछ ।”​

प्रा.डा. कृष्णहरि बरालले नेपाली गीत–सङ्गीत र साहित्यिक विधामा पूर्वप्रधानन्यायाधीश श्रेष्ठ शक्तिशाली लेखक र लेखनमा निरन्तता भएको श्रष्टाकारूपमा स्थपित हुने विश्वास व्यक्त गरे ।

वरिष्ठ सङ्गीतकार शक्ति बल्लभले नेपालको गीत सङ्गीतका सागरमा प्रवेश गरेकोमा पूर्वप्रधानन्यायाधीशलाई स्वागत गर्दै उनका गीतमा सिर्जनामा विविधतामात्र नभई नेपाली शब्द भण्डारलाई बलियो बनाएको बताए।

गीतकार श्रेष्ठले गीत–सङ्गीतको नयाँ यात्रामा प्रवेश गरेकाले सिर्जनाका बारेमा आउने प्रतिक्रिया र सुझावलाई पूर्णरूपले सम्मान गर्ने बताए ।

उनले भने, “सङ्गीतको पवित्र धुनले वातावरण सुधार्न योगदान पुर्‍याउँछ, हामीले गरेका कर्मले समाजमा सिर्जनशीलता र आशाको सन्देश प्रवाह गर्नुपर्छ भन्ने लाग्छ ।” 

कार्यक्रममा सहभागी अन्य वक्ताहरूले उनका गीतले राष्ट्रियताप्रति इमान्दार हुन खबरदारी गरेको प्रतिक्रिया दिएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x