०७ असार २०८३, आइतबार

सारङ्गी वादन प्रतियोगितामा कास्कीका गोविन्द गायक प्रथम

बैशाख १६, २०८०
सारङ्गी वादन प्रतियोगितामा कास्कीका गोविन्द गायक प्रथम

पोखरामा आयोजित सारङ्गी वादन प्रतियोगितामा कास्कीका गोविन्द गायक प्रथम भएका छन् । लोकगायक स्व झलकमान गन्धर्वको ८८औँ जन्मजयन्तीका अवसरमा आयोजना गरिएको प्रतियोगितामा ३५ प्रतिस्पर्धीलाई पछि पार्दै गोविन्द प्रथम भएका हुन् । 

नेपाल गन्धर्व समुदाय विकास केन्द्र र झलकमान गन्धर्व सारङ्गी पाठशाला संयुक्त आयोजनामा पोखरा सभागृह हलमा भएको फाइनलमा उनले दुई सय ८९ दशमलव पाँच नम्बर पाएका थिए । प्रथम  भएका गोविन्दले उपाधिसहित रु ३५ हजार र प्रमाणपत्र प्राप्त गरे ।

द्वितीय भएका बागलुङका राजेश गन्धर्वले दुई सय ८७ दशमलव पाँच र तृतीय भएका कास्कीकै विमल गायकले दुई सय ८२ अङ्क प्राप्त गरे । राजेशले रु २५ हजार र विमलले रु १५ हजार पुरस्कार पाए ।

दुई सय ८१ अङ्क ल्याउँदै गोरखका सुमन गन्धारी चौथो भए । 

salt training

कमेन्ट गर्नुहोस्