०४ असार २०८३, बिहीबार

भानु विद्यालयमा ५४ वर्षपछि माध्यमिक तह सञ्चालन

बैशाख १८, २०८०
भानु विद्यालयमा ५४ वर्षपछि माध्यमिक तह सञ्चालन

खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित माबेमा सञ्चालित भानु आधारभूत विद्यालयमा माध्यमिक तहको पठनपाठन शुरूआत गरिएको छ ।

विक्रम संवत् २०२६ सालमा स्थापना भएको भानु विद्यालयलाई गाउँपालिकाले यही शैक्षिकसत्रदेखि ९ कक्षा सञ्चालनको अनुमति दिएसँगै मावि तहको कक्षा शुरू गरिएको हो ।

९ कक्षामा ३१ विद्यार्थी भर्ना गरेर पठनपाठन शुरू गरिएको गाउँपालिकाका प्रमुख उदिमबहादुर राईले बताए ।

गाउँमै मावि तहको विद्यालय सञ्चालन भएसँगै लिच्कीराम्चेका विद्यार्थीले ३ घण्टा पैदल हिँडेर छिमेकी वडामा सञ्चालित सिम्पानी मावि सिम्पानी पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ । स्थानीय अभिभावकले संकलन गरेको चन्दा तथा गाउँपालिकाको सहयोगले मावि तहको विद्यालय सञ्चालन गरिएको प्रधानाध्यापक गोपाल राईले बताए ।

सो अवसरमा गाउँपालिका उपप्रमुख रुपेश राई, वडाध्यक्ष इन्द्रबहादुर राई, नेकपा एमालेका प्रदेश समिति सदस्य राजन ढकाल, नेकपा माओवादी केन्द्र गाउँपालिका अध्यक्ष दीपेन्द्र राई लगायतले शुभकामना दिएका छन् ।

मावि तह सञ्चालनार्थ चन्दा सहयोग गर्ने अभिभावकलाई सम्मानपत्र समेत प्रदान गरिएको थियो । निमावि राहत ३, प्रावि राहत १, बालविकास सहायक १, निजी १ र प्रावि दरबन्दी ४ गरी १० शिक्षक रहेको विद्यालयमा हालसम्म १८८ विद्यार्थी भर्ना भएको विद्यालय प्रशासनले जनाएको छ । 

विद्यार्थी भर्ना अभियान जारी रहेको विद्यालयमा गाउँपालिका र वडाले १/१ जना मावि शिक्षक व्यवस्था गर्ने सहमति भएको प्रधानाध्यापक राईले जानकारी दिए । विक्रम संवत् २०७८ सालको जनगणनाअनुसार ३ हजार ५७७ जनसंख्या रहेको लिच्कीराम्चेमा लक्ष्मी मावि समेत सञ्चालित छ । 

salt training

कमेन्ट गर्नुहोस्