०७ असार २०८३, आइतबार

स्मार्ट टेलिकम स्वतः खारेज, पूर्वाधारका सामग्री प्राधिकरणलाई हस्तान्तरण गर्न निर्देशन

बैशाख २०, २०८०
स्मार्ट टेलिकम स्वतः खारेज, पूर्वाधारका सामग्री प्राधिकरणलाई हस्तान्तरण गर्न निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकम स्वतः खारेज भएको जनाएको छ ।

ललितपुरको कुमारीपाटीस्थित स्मार्ट टेलिकम प्रालिले संस्था नवीकरणका लागि नियमानुसार दस्तुरसहित निवेदन पेस नगरेकाले स्वतः खारेज भएको प्राधिकरणले जानकारी दिएको हो ।

प्राधिकरणले बुधवार एक सूचना प्रकाशित गरी उक्त सेवाका सम्बन्धमा अनुमतिपत्र बहाल नरहेको दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम ९ को उपनियम (१) बमोजिम दूरसञ्चारका पूर्वाधार, संरचना, सञ्जाललगायत सामग्री चालु अवस्थामै प्राधिकरणलाई हस्तान्तरण गर्न निर्देशन दिएको छ ।

कमेन्ट गर्नुहोस्