मन्त्रिपरिषद्लाई पूर्णता दिने तथा राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी गराउने लगायत विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक शुरू भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार अपराह्न बैठक शुरू भएको हो । रास्वपालाई सरकारमा सहभागी हुन आग्रह गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनमा छलफल गर्ने बताउँदै आएका छन् ।
यस्तै मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल हुने एक नेताले बताए । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताहरू सहभागी छन् ।