अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा खतरनाक दुर्घटनाको भिडियोसार्वजनिक भएको छ ।
त्यहाँको प्रहरी विभागले फेसबूकमा भिडियो अप्लोड गरेको छ ।
घटना मे १ मा भएको हो । गश्तीमा रहेका प्रहरीले बीएमडब्ल्यू एम३ को निरीक्षण गरिरहँदा अर्को एउटा गाडी अनियन्त्रित भई ठोकिन आइपुगेको थियो ।
त्यस घटनामा प्रहरी अधिकृतको ज्यान अलिकतिले मात्र बाँचेको थियो ।
दुर्घटनामा परेको गाडीका चालकलाई सामान्य चोटपटक लागेको थियो र अस्पतालमा राखेर छुट्टी दिइएको थियो । प्रहरी अधिकृतलाई पनि सानो घाउ लागेको थियो ।