०९ साउन २०८३, शनिबार

प्रदेश तथा स्थानीय तहका कर्मचारीको व्यक्तिगत विवरण राख्न शुरु

बैशाख २०, २०८०
प्रदेश तथा स्थानीय तहका कर्मचारीको व्यक्तिगत विवरण राख्न शुरु

प्रदेशमा समायोजन भएका र प्रदेश लोकसेवा आयोगबाट सिफारिस भएका निजामती कर्मचारीको अव प्रदेशमै व्यक्तिगत अभिलेख राखिने भएको छ । 

राष्ट्रिय किताबखाना र बागमती प्रदेश सरकारबीच बुधवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भएको समझदारीअनुसार निजामती कर्मचारीको अभिलेख प्रदेशमै राखिने भएको हो ।

संघीयता कार्यान्वयन तथा कर्मचारी समायोजनको महत्वपूर्ण विषयकारुपमा थाती रहेको प्रदेश किताबखानाको अवधारणाले अव मूर्तरूप पाएको छ । समझदारीपत्रमा किताबखानाका महानिर्देशक डा. टोकराज पाण्डे र प्रदेश सचिव निश्चलराज पाण्डेले हस्ताक्षर गरेका छन् ।

योसँगै व्यक्तिगत विवरण राख्न नसकिएका हजारौं कर्मचारीको विवरण अपडेट हुने भएको छ । समझदारी पत्र आदान–प्रदान कार्यक्रममा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले प्रदेशमा रहेका तथा स्थानीय तहमा खटिएका कर्मचारीको व्यक्तिगत विवरण प्रदेशले राख्ने व्यवस्थाले संघीयता कार्यान्वयनको एक चरण पूरा भएको बताए । 

उनले कर्मचारी व्यवस्थापनका बाँकी काम क्रमशः पूरा गर्दै जाने बताए । 

null

बागमती प्रदेश सरकारका प्रमुख सचिव मुकुन्द निरौलाले प्रदेश पीआइएस प्रभावकारी ढंगले राखिने र अन्य प्रदेशलाई समेत उदाहरणीय कार्य गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे । 

हाल निजामती सेवामा झण्डै ९० हजार कर्मचारी कार्यरत रहेका छन् । जसमध्ये प्रदेश र स्थानीय तहमा समायोजन भएका तथा पछि पदपूर्ति भएका झण्डै २५ हजार कर्मचारी रहेका छन् ।
किताबखानाका अनुसार अव क्रमशः सबै प्रदेशलाई प्रदेश पीआइएस पोर्टल हस्तान्तरण गरिने छ ।

salt training

कमेन्ट गर्नुहोस्