०७ साउन २०८३, बिहीबार

यसरी गरिँदैछ २५६७औं बुुद्धजयन्ती मनाउने तयारी

बैशाख २१, २०८०
यसरी गरिँदैछ २५६७औं बुुद्धजयन्ती मनाउने तयारी

२५६७औं बुुद्धजयन्ती एवं लुम्बिनी दिवसका अवसरमा यस वर्ष लुम्बिनी र बृहत्तर लुम्बिनी क्षेत्रमा विभिन्न कार्यक्रमको आयोजना गरिने भएको छ । 

बुुद्धजयन्तीका अवसरमा शुक्रवार बुद्ध पूर्णिमामा बुद्धजन्मस्थल लुम्बिनीमा विशेष समारोह आयोजना गरिने लुम्बिनी विकास कोषले जनाएको छ ।

बुद्धजयन्तीका अवसरमा लुम्बिनी र बृहत्तर लुम्बिनी क्षेत्रमा पनि विशिष्टरुपमा मनाउन विभिन्न कार्यक्रमको आयोजना गरिएको लुम्बिनी विकास कोषले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो । 

लुम्बिनीमा शुक्रवार आयोजना हुने ‘२५६७औं बुद्धजयन्ती एंव लुम्बिनी दिवस’ प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा विशेष समारोह हुने कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले जानकारी दिए । विशेष समारोहअघि बिहान ६–७ बजेसम्म धार्मिक पूूजा बिहान ७–९ बजेसम्म ५ नम्बर गेटदेखि मायादेवी मन्दिर हुँदै विभिन्न झाँकीसहित सम्मेलन केन्द्रसम्म शान्ति र्‍याली निकालिने कार्यक्रम रहेको छ । 

कार्यक्रममा कोषका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, मुुख्यमन्त्री डिल्लीबहादुर चौधरी लगायत उच्चस्तरीय पदाधिकारी, कूटनीतिक नियोग, विदेशी पाहुनाको समेत सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

बुद्ध पूर्णिमाकै दिन देवदहका भवानीपुर, बडिमाई, कन्यामाईजस्ता पवित्रस्थलमा शान्तिदीप प्रज्वलन कार्यक्रम स्थानीय देवदह नगरपालिकाको अगुवाइमा सम्पन्न हुनेछ । बुद्धको अस्तुुधातु रहेको रामग्रामममा यस वर्ष शुक्रवार गतेका दिन पण्डितपुरदेखि रामग्रामसम्म ‘अस्तुुधातु यात्रा’ गरी मनाइने भएको छ । 

बुद्धजयन्तीको भोलिपल्ट बर्सेनि हुँदै आएको मायादेवीले बोधिसत्व सिद्धार्थलाई लिएर तिलौराकोट दरबार फर्किंदै गर्दाको प्रतीकको रूपमा मायादेवी शोभायात्रा शनिवार हुनेछ । यो यात्राको रुट लुम्बिनीबाट कपिलवस्तुु तिलौराकोटसम्म मायादेवी मार्ग हुँदै कायम गरिएको छ । सोही दिन तिलौराकोटमा विशेष समारोह आयोजना हुनेछ । 

कोभिड महामारीका कारण केही वर्ष औपचारिक कार्यक्रम आयोजना हुन नसकेको र गत वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा आयोजित बुद्धजयन्ती कार्यक्रमपछि लुम्बिनीमा पर्यटकको आवागमन समेत क्रमशः वृद्धि हुँदै गइरहेको जनाइएको छ ।

शाक्यमुुनि बुद्ध ई.पूू ६२३ मा लुम्बिनीको सुुन्दर र पवित्र बगैंचामा माता मायादेवीको कोखबाट वैशाख शुक्ल पूूर्णिमाका बुद्धको जन्म, बोधिज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रियोग परेको दिन वैशाख पूर्णिमाको दिनलाई लुम्बिनी विकास कोषले विशेष महत्त्वका साथ बुद्ध जयन्ती एवं लुम्बिनी दिवसका रूपमा मनाउँदै आएको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा जनाइएको छ । 

बुद्धजयन्तीको अघिल्लो दिन बिहीवार मायादेवी परिसरमा दीप प्रज्वलन र साँझ ७ देखि १२ बजेसम्म महापरित्राण पाठ हुने जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्