×

NMB BANK
NIC ASIA

यसरी गरिँदैछ २५६७औं बुुद्धजयन्ती मनाउने तयारी

बैशाख २१, २०८०

NTC
Premier Steels

२५६७औं बुुद्धजयन्ती एवं लुम्बिनी दिवसका अवसरमा यस वर्ष लुम्बिनी र बृहत्तर लुम्बिनी क्षेत्रमा विभिन्न कार्यक्रमको आयोजना गरिने भएको छ । 

Muktinath Bank

बुुद्धजयन्तीका अवसरमा शुक्रवार बुद्ध पूर्णिमामा बुद्धजन्मस्थल लुम्बिनीमा विशेष समारोह आयोजना गरिने लुम्बिनी विकास कोषले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुद्धजयन्तीका अवसरमा लुम्बिनी र बृहत्तर लुम्बिनी क्षेत्रमा पनि विशिष्टरुपमा मनाउन विभिन्न कार्यक्रमको आयोजना गरिएको लुम्बिनी विकास कोषले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो । 


Advertisment
Nabil box
Kumari

लुम्बिनीमा शुक्रवार आयोजना हुने ‘२५६७औं बुद्धजयन्ती एंव लुम्बिनी दिवस’ प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा विशेष समारोह हुने कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले जानकारी दिए । विशेष समारोहअघि बिहान ६–७ बजेसम्म धार्मिक पूूजा बिहान ७–९ बजेसम्म ५ नम्बर गेटदेखि मायादेवी मन्दिर हुँदै विभिन्न झाँकीसहित सम्मेलन केन्द्रसम्म शान्ति र्‍याली निकालिने कार्यक्रम रहेको छ । 

Vianet communication

कार्यक्रममा कोषका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, मुुख्यमन्त्री डिल्लीबहादुर चौधरी लगायत उच्चस्तरीय पदाधिकारी, कूटनीतिक नियोग, विदेशी पाहुनाको समेत सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

बुद्ध पूर्णिमाकै दिन देवदहका भवानीपुर, बडिमाई, कन्यामाईजस्ता पवित्रस्थलमा शान्तिदीप प्रज्वलन कार्यक्रम स्थानीय देवदह नगरपालिकाको अगुवाइमा सम्पन्न हुनेछ । बुद्धको अस्तुुधातु रहेको रामग्रामममा यस वर्ष शुक्रवार गतेका दिन पण्डितपुरदेखि रामग्रामसम्म ‘अस्तुुधातु यात्रा’ गरी मनाइने भएको छ । 

बुद्धजयन्तीको भोलिपल्ट बर्सेनि हुँदै आएको मायादेवीले बोधिसत्व सिद्धार्थलाई लिएर तिलौराकोट दरबार फर्किंदै गर्दाको प्रतीकको रूपमा मायादेवी शोभायात्रा शनिवार हुनेछ । यो यात्राको रुट लुम्बिनीबाट कपिलवस्तुु तिलौराकोटसम्म मायादेवी मार्ग हुँदै कायम गरिएको छ । सोही दिन तिलौराकोटमा विशेष समारोह आयोजना हुनेछ । 

कोभिड महामारीका कारण केही वर्ष औपचारिक कार्यक्रम आयोजना हुन नसकेको र गत वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा आयोजित बुद्धजयन्ती कार्यक्रमपछि लुम्बिनीमा पर्यटकको आवागमन समेत क्रमशः वृद्धि हुँदै गइरहेको जनाइएको छ ।

शाक्यमुुनि बुद्ध ई.पूू ६२३ मा लुम्बिनीको सुुन्दर र पवित्र बगैंचामा माता मायादेवीको कोखबाट वैशाख शुक्ल पूूर्णिमाका बुद्धको जन्म, बोधिज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रियोग परेको दिन वैशाख पूर्णिमाको दिनलाई लुम्बिनी विकास कोषले विशेष महत्त्वका साथ बुद्ध जयन्ती एवं लुम्बिनी दिवसका रूपमा मनाउँदै आएको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा जनाइएको छ । 

बुद्धजयन्तीको अघिल्लो दिन बिहीवार मायादेवी परिसरमा दीप प्रज्वलन र साँझ ७ देखि १२ बजेसम्म महापरित्राण पाठ हुने जनाइएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

बैशाख ९, २०८१

बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x