०७ असार २०८३, आइतबार

बेलायतमा तीन मातापिताले जन्माए एउटा बच्चा !

बैशाख २७, २०८०
बेलायतमा तीन मातापिताले जन्माए एउटा बच्चा !

बेलायतमा पहिलोपटक तीन मातापिताले एउटा बच्चा जन्माएका छन् । 

आईभीएफ प्रोसीजरमार्फत उनीहरूले बच्चा जन्माएका हुन् । 

मिटोकोन्ड्रियल डोनेशन ट्रीटमेन्ट नामक प्रक्रिया अन्तर्गत जन्मेको शिशुमा असाध्य रोगहरू लाग्न पाउँदैनन् । 

वंशाणुगत रूपमा आमाको मिटोकोन्ड्रियाबाट यी रोगहरू सर्ने गर्छन् । मिटोकोन्ड्रिया भन्नाले शरीरको कोशिकालाई शक्ति दिने साना इकाइ हुन् ।

नयाँ प्रोसीजरमार्फत महिलाले आफ्नो रोगी मिटोकोन्ड्रियाको साटो अर्की महिलाको डिम्बबाट स्वस्थ मिटोकोन्ड्रिया लिन्छिन् ।

यसरी फरक महिलाको डिम्ब आमाले लिएर बुवाको वीर्यसेचन गराई सन्तान जन्माउने नयाँ प्रक्रिया अपनाइएको छ । 

आईभीएफको विकासपछि गर्भाधान चिकित्सामा यो सबभन्दा ठूलो प्रगतिका रूपमा लिइएको छ । 

बिग्रिएको मिटोकोन्ड्रिया लिएर जन्मेको शिशुमा मांसपेशीमा समस्या आउने, सुस्त बुद्धि हुने अनि सानै उमेरमा मृत्यु हुने लगायतका समस्या देखापर्छन् । 

कमेन्ट गर्नुहोस्