कात्तिक २१, २०८०
नागरिक उड्डयन प्राधिकरणमा जागिर खानुअघि प्रदीप अधिकारी काठमाडौंका इन्जिनियरिङ कलेजहरूमा अध्यापन गराउँथे । अध्यापन गराइरहेका अधिकारीलाई एकैपटक दुइटा अवसर आए– एउटा सरकारी जागिर र अर्को विदेशमा पीएचडीक...
‘फ्ल्यास ब्याक’मा दुई दशकअघि फर्कौं ।
२०६० साल चैत १० गते । मुलुकमा संकटकाल थियो । राजा ज्ञानेन्द्र अभिनन्दन लिँदै हिँडेका थिए । चैत १५ गते पोखरामा अभिनन्दन लिने कार्यक्रम थियो ।
तर, १० गते राति साढे १० बजे ठूलो घटना भयो । युद्धरत तत्कालीन माओवादीले बेनी आक्रमण गर्यो ।
पूर्वको खबरा, दक्षिणको हाडेभीर जंगल, पश्चिमको मंगलाघाट, अर्थुङ्गेको डाँडा र मुख्य बजारको वीरेन्द्र चोक, बालमन्दिर चोक र खुलामञ्चबाट ८१ एमएम मोर्टारलगायत आधुनिक हतियारसहित एकसाथ आक्रमण गरिएको थियो ।
ज्यान गुमाएका एक माओवादी लडाकूको साथमा प्रतिबन्धित ‘एके–४७’ भेटियो । माओवादीको साथमा भेटिएको ‘एके–४७’ले लडाइँको भयावह स्थिति दर्साउँथ्यो ।
‘एके–४७’ विश्वभर ‘आतंककारी’ भनिनेहरूले मात्रै बोक्ने हतियारका रूपमा चिनिन्थ्यो । बेनी आक्रमणका कमान्डर निवर्तमान उप–राष्ट्रपति नन्दबहादुर थिए । उनले १३ वटा ‘एके– ४७’ रहेको तथ्यांक दिएका छन् ।
ती हानीकारक हतियारबाट भएको धनजन क्षतिको तथ्यांक भने उनले दिएका छैनन् ।
तर, ठ्याक्कै दुई दशकअघिको त्यो बेनी आक्रमण झल्काउने साक्षीका रूपमा प्वालै–प्वाल भएको एउटा खम्बा पाटनढोकास्थित मदन पुरस्कार पुस्तकालय रहेको यलमाया केन्द्रको प्रांगणमा ठिङ्ग उभिएको छ ।
यो निर्जीव बिजुलीको खम्बाले यति धेरै ‘चोट’ बेहोरेको छ कि त्यसले बेनी आक्रमणमा जीवन गुमाउने सुरक्षाकर्मी, माओवादी पूर्वलडाकू, सर्वसाधारण, भौतिक संरचनाको क्षतिलाई झल्काउँछ ।
सांस्कृतिक भवन यलमाया केन्द्रमा दैनिकजसो सभा, गोष्ठी, तालिम, छलफल, प्रदर्शनी, सांस्कृतिक कार्यक्रमहरू हुन्छन् । छेउमै रहेको ढोकामा बिहानैदेखि क्याफेमा गफिने र पुस्तक पसलमा जाने ग्राहकले त्यो खम्बा अवलोकन गरेर बेनी आक्रमण सम्झन्छन् ।
अब भने खम्बा हेर्न र बेनी आक्रमण सम्झन यलमायाको छेउमा हैन कालीगण्डकी किनार बेनी बजार पुग्नुपर्ने भएको छ ।
‘घाइते खम्बा’ कसरी आइपुग्यो पाटन ?
नेपालयले २०६४ सालमा ‘लडाइँमा जनता’ भनेर देशभर फोटो प्रदर्शनी गर्यो ।
माओवादी द्वन्द्वकालमा खिचिएका फोटोहरू संकलन गरी प्रदर्शनी गरिएको थियो । त्यसै मेसोमा फागुन ७–८ गते बेनी बजारमा फोटो प्रदर्शनीमा राखियो । मदन पुरस्कार पुस्तकालयको टोली पनि त्यतिबेला बेनी पुगेको थियो ।
‘गोलीको चोटले प्वालै–प्वाल परेको खम्बामा लडाइँमा जनता फोटो प्रदर्शनीको पोस्टर टाँसिएको रहेछ । ओहो! यसलाई संरक्षण गर्नुपर्छ भनेर नयाँ खम्बामा बिजुलीको तारहरू फेरिदिएर सबै खर्च मदन पुरस्कारले गरी संरक्षणका लागि यहाँ ल्याएका हौं’, मदन पुरस्कार पुस्तकालयका अध्यक्ष कनकमणि दीक्षितले भने ।
आफू ऐतिहासिक चिजको संरक्षण गर्नुपर्छ भन्ने कुराको हिमायती भएको भन्दै दीक्षितले थपे, ‘मलाई खम्बा चोरसम्म भनेर आरोप लगाए । तथाकथित जनयुद्धको बखानका लागि नभई जनचेतनासँगै शान्तिको अनुभव दिलाउन संरक्षणका लागि भनेर पत्र आएकाले खम्बा फेरि बेनी जाँदैछ ।’
मदन पुरस्कारपुस्तकालयकाअध्यक्षसमेत रहेका दीक्षितले सोमवार विज्ञप्ति जारी गर्दै भनेका छन्,
२०६० चैत ७ गते म्याग्दीको बेनीबजारमा तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीले आक्रमण गर्दा गोली लागि प्वाल नै प्वाल भएको बिजुलीको खम्बा मदन पुरस्कार पुस्तकालयले सुरक्षित र संरक्षण गरी राखिदिएकोमा यहाँहरूले व्यक्त गर्नुभएको धन्यवाद पत्र प्राप्त भयो । सोही पत्रानुसार म्याग्दी जिल्ला बेनीबजार नगरपालिका वडा नं. ७ बेनी बजारमा बन्न गइरहेको शान्ति पार्कमा उक्त खम्बा सुरक्षित साथ प्रदर्शनीका लागि राखी आम जनसमुदायलाई सशस्त्र द्वन्द्वले पारेको असरको सम्झनासँगै शान्तिको कामना गर्ने र सचेतना जगाउने उद्देश्यका लागि यहाँहरूले पठाउनु भएको पत्र अनुरूप आवश्यक प्रबन्ध मिलाई सो खम्बा पाटनढोका परिसरबाट बेनी बजार पुर्याउने व्यवस्था मिलाउनु हुन हार्दिक अनुरोध छ । यस ऐतिहासिक महत्त्व राख्ने खम्बाको पूर्णतः तथा दीर्घकालीन सुरक्षाका लागि यहाँहरूले आवश्यक कार्य गर्नुहुने नै छ । साथै यस धातुको वस्तुको संरक्षणका लागि प्राविधिकहरूसँग सल्लाह लिनुहुन हाम्रो अनुरोध छ ।’
बेनी संग्रहालयको गहना खम्बा
पत्रकार पृष्ठभूमिका बेनी नगरपालिकाका प्रमुख सुरत केसीले गत आर्थिक वर्षमा ५ लाख रुपैयाँ बजेट विनियोजन गरी बेनी आक्रमण भएको स्थानमा शान्ति बाटिका निर्माण अगाडि बढाएका थिए । अहिले त्यो खम्बाको झन् महत्त्व भएकाले पत्राचार गरी झिकाइएको उनले बताए ।
केसीले खम्बा आउँदो जेठ १५/१६ गते बेनीतर्फ प्रस्थान गराउने योजना रहेको बताए ।
‘पोल जहाँ झिला परेर चाल्नोजस्तो भएको थियो, त्यसको १० मिटरभित्रै राख्नेगरी डिजाइन गरिएको छ । नगरपालिका पछाडि त्यो पोल थियो । अहिले विकास निर्माणमा केही भूगोल फेरिएको छ । नगरपालिकाको पछिल्लो कोठानजिकै नेपाली सेनाको बंकर छ । त्यहीँ म्युजियम बन्ने छ’, उनले भने ।
‘बेनीमा एकरात पर्यटक बसाल्ने तयारी गरी म्युजियम र बाटिका बन्दैछ, जुन बंकरमा आक्रमण गरियो । सोही बंकरभित्र दिउँसो फोटो प्रदर्शनी र प्रत्येक राति बेनी आक्रमणको भिडियो प्रदर्शनी गर्छौं । बाहिर पाटन ढोकाबाट फिर्ता आएको झिला परेको खम्बा प्रदर्शनीमा राख्छौं’, केसीले भने ।
एकोरियम बनाएर सुरक्षाकर्मी, माओवादी लडाकू र सर्वसाधारण जति मरिए त्यति जनाको सम्झनामा शालिग्राम खम्बा वरपर राख्ने योजनासमेत रहेको उनले बताए । यता दीक्षितले एकोरियम नराख्न सुझाव दिएको उनले बताए ।
मदन पुरस्कार पुस्तकालयलाई जिल्ला समन्वय समिति म्याग्दीले २०८० वैशाख ११ गते पत्राचार गरी खम्बा फर्काइदिन आग्रह गरेको थियो । दीक्षितले भने, ‘सबै नेपालीले शान्तिको अनुभव गर्न सक्ने वातावरण निर्माणका लागि सचेतना जगाउने उद्देश्य र विश्वलाई शान्तिको सन्देश दिन सक्ने गरी निर्माणाधीन शान्ति बाटिकामा सुरक्षित रहने गरी उक्त पोल हस्तान्तरण गर्न पाएकोमा खुशी व्यक्त गर्दछु ।’
बेनी आक्रमणलाई रातभर झेलेर कान्तिपुर दैनिकमा रिपोर्टिङ गरेका घनश्याम खड्का २०६० चैत १० को रातलाई सम्झँदै भन्छन्, ‘खम्बा झिला–झिला परेर जीर्ण भएको थियो । बिजुलीको तार त्यसैमा थिए । पछि कनक दाइले यो कवाडीमा फाल्नुभन्दा ऐतिहासिक चिजलाई हामी संरक्षण गर्छौं भन्नुभयो । प्वाल परेको खम्बाको सट्टा नयाँ खम्बा किनिदिएर लानुभएको हो । अब यहाँको संग्रहालयमा फर्काउन पाउँदा खुशी छौं ।’
निवर्तमान उप–राष्ट्रपति पासाङले सम्झिने बेनी आक्रमण
बेनी आक्रमणका कमान्डर निवर्तमान उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले बेनीको भूगोललाई संस्मरणमा भनेका छन्, ‘उत्तरतिर भिरालो–भिरालो तर मान्छे हिँड्न सक्ने सल्लेरीबारी (जंगल) र मोटरबाटो पर्दछ भने दक्षिणतिर म्याग्दी खोला छ, जुन जहाँतहीँ तर्न नसकिने, कतै–कतै खाख्लो (फिँजिएको) ठाउँमा जवान मान्छेले मात्र तर्न सक्ने नदी हो । खोलाको तीरमा चत्तादार जाली लगाइएको गाह्रो छ । त्यसको डिलमा मोटरबाटो छ । त्यसनजिकै ब्यारेक छ । पूर्वीतिर घनाखालको बेनी बजार र कालीगण्डकी छ । पश्चिमतिर मंगलबजार (पुनले मंगलबजार भने पनि उक्त ठाउँको नाम मंगलाघाट हो) र कर्मचारी आवसगृह पर्दछ । त्योभन्दा पश्चिममा पाखा र खोल्सा छन् ।’
उनले आक्रमणमा नेपाली सेना, जनपथ प्रहरीसहित ९३० जना रहेको उल्लेख गरेका छन् । त्यस्तै आफ्नो लडाकूहरू ४५ सयजना रहेको उल्लेख गरेका छन् । बेनी आक्रमणको योजना रुकुमको लुकुम (हाल पूर्वी रुकुम)को गाउँमा बुनिएको थियो । आक्रमण कसरी गर्ने भनी ‘स्यान्ड मोडल’ बाग्लुङ गल्कोट निवासी भारतीय सेनाका पूर्व क्याप्टेन पूर्णबहादुर रानाले गरेका थिए । बेनी आक्रमणमा फौजी कमान्ड पासाङ र राजनीतिक कमिसारका रूपमा हाल नेकपाका महासचिव रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेका थिए ।
नागरिक उड्डयन प्राधिकरणमा जागिर खानुअघि प्रदीप अधिकारी काठमाडौंका इन्जिनियरिङ कलेजहरूमा अध्यापन गराउँथे । अध्यापन गराइरहेका अधिकारीलाई एकैपटक दुइटा अवसर आए– एउटा सरकारी जागिर र अर्को विदेशमा पीएचडीक...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
सानैदेखि खानाका परिकार बनाउन शौखिन थिइन् रूपन्देहीको बुटवलकी शोभा पोखरेल । घरमा रहेका बेला फुर्सदको समयमा उनले बन्दा, मटर लगायतका तरकारीबाट अचार बनाउँथिन् । केही घरमा खाने र बाँकी इस्टमित्रदेखि छिमेकीलाई ...
काठमाडौं महानगरपालिका–१५ पुरानो बानेश्वरका उद्योगी शत्रुधनप्रसाद ढकाल बजारमा ‘एसपी ढकाल’का नामले परिचित छन् । दुई दशकको ‘ट्रेडिङ बिजनेस’को अनुभवपछि ढकालले पश्चिम नवलपरासीमा ड...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
सिधै ‘अफिसर’ (अधिकृत)बाट निजामती सेवामा प्रवेश गरेकी राधिका अर्याल लुम्बिनी प्रदेश सरकारको बहालवाला प्रमुख सचिव हुन् । निजामती सेवामा प्रवेश गरेको १९ वर्षमै प्रशासनतर्फबाट नेपाल सरकारको विशिष्ट श्र...
जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...