
काठमाडौं, २० भदौ — शास्त्र र पुराणहरूमा हाम्रो दैनिक जीवनसँग जोडिएका कुरा र बानीहरूको उल्लेख गरिएको छ । त्यसलाई सामान्य ठानेपनि तिनीहरूले वास्तवमा हाम्रो भविष्यलाई इंगित गरिरहेका हुन्छन् । हामीलाई राम्रो हुन्छ कि नराम्रो भन्ने विषय हामी अज्ञानतावश बुझ्न पाउँदैनौं ।

यी घटनालाई बुझेर अनि हाम्रा बानीमा सुधार ल्याएर हामी आफ्नो भविष्य सुधार्न सक्छौं ।
पर्वको दिन
एक वर्षमा आउने पर्वहरूको विषयमा रमाइलो भविष्यवाणी छ । दिनहरूको क्रमसँग यो जोडिएको छ । यसअनुसार होली, नयाँ वर्ष र तिहार क्रमशः शनिवार, आइतवार र मंगलवार प–यो भने देशमा महामारी फैलिन सक्छ ।
बिहानको बानी
शास्त्रलाई मान्ने हो भने बिहान उठ्नेबित्तिकै व्यक्तिले राति राखेको पानी पिएर आफ्नो हत्केला हेरेमा ठूलो रोग उसलाई लाग्न पाउँदैन ।
महिना अनुसार निषेध गरिएका खानेकुरा
हरेक महिनामा स्वास्थ्यका लागि केही कुराहरू खान निषेध छ । वैशाखमा तेल, जेठमा घिउ, असारमा बेल, साउनमा साग, भदौमा दही, असोजमा दूध, कात्तिकमा कुराउनी, मंसिरमा जीरा, पुसमा धनियाँ, माघमा मिश्री, फागुनमा सुक्खा चना र चैतमा सक्खर खान निषेध गरिएको छ । नटेरिकन खाँदा अनेक रोग लागेर अल्पायुमा मृत्यु हुन सक्छ ।
छेपारो
छेपारोले टाउको तलतिर पारेर अर्थात् उल्टो गरी रुख चढ्न थालेको देखेमा भयंकर बाढस्ी आउन सक्छ ।
कमिला
कमिलाले अचानक घरमा दाना बटुलेको देख्नुभएमा निकट भविष्यमा केही नराम्रो हुने संकेत हो । कमिलाहरू एक लाइन लगाएर हिँडे भने पानी पर्ने लक्षण हो ।
बकुल्लो
रुखमा बकुल्लो बसेको देख्नुभयो भने त्यो रुख छिट्टै सिद्धिएको संकेत हो । घरको रुखमा बकुल्लो बस्यो भने त्यस रुखमाथि चट्याङ खस्न सक्छ ।
गोरु
सात र नौ दाँत भएको गोरु आफ्ना मालिकका लागि अशुभ हुन्छन् । सात दाँत भएको गोरुले मालिकको मृत्यु गराउँछ भने नौ दाँत भएको गोरुले पूरै परिवारमा विपत्ति ल्याउँछ ।
भारतीय वेबसाइटबाट