०९ साउन २०८३, शनिबार

रामप्रसादको गीतमा रोजगार नपाएर विदेश पलायन हुन बाध्य हुनेको कथा

रामप्रसादको गीतमा रोजगार नपाएर विदेश पलायन हुन बाध्य हुनेको कथा

स्वदेशमा रोजगार नपाएर विदेश पलायन हुन बाध्य भएको कथालाई टिपेर निर्माण गरिएको ’बाध्य भयौँ नी’ बोलको गीत सार्वजनिक गरिएको छ ।

गायक रामप्रसाद पौडेलले गीतको निर्माण गरेका हुन् । गीतमा शब्द र संगीतसँगै अभिनय पनि उनकै रहेको छ भने उनीसँग स्वरमा रेजिना परियारले साथ दिएकी छिन् ।

स्वदेशमा रोजगारी नपाएको, देश बनाउने नेताहरू जिम्मेवार नभएको र साहुको ऋण तिर्न नसकेर नेपाली भित्रकै कथालाई गीतमार्फत देखाइएको रामप्रसाद बताउँछन् । ‘नेपालीहरू रहरले भन्दा पनि वाध्यताले विदेश गइरहेका छन् । गीतको कथा अधिकांश नेपालीको जनजीवनमा मिल्छ ।’ रामप्रसाद भन्छन्, – ‘यो गीतको विदेशमा गएका नेपालीलाई नेपाल फर्काउने र देशकै केही गर्नुपर्छ भनेर सम्झाउने उद्देश्य पनि हो ।’

गीतको भिडियोमा गायक रामप्रसादले आफ्नै परिवारलाई फिचर्ड गरेका छन् । भिडियोमा उनीसँगै राधिका पौडेल, प्रदीप एडि, स्पन्दन पन्त लगायतको अभिनय रहेको छ । गायक रामप्रसादकै निर्देशनमा तयार भएको गीतको भिडियोलाई मनिष पन्तले खिचेका हुन् भने पदम सुवेदीले सम्पादन गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्