११ साउन २०८३, सोमबार

आगामी साताबाट प्रसारणमा आउँदै ‘सक्किगोनि’

आगामी साताबाट प्रसारणमा आउँदै ‘सक्किगोनि’

केही महिनादेखि रोकिएको चर्चित हास्य टेलिसिरियल ‘सक्किगोनि’ आगामी सातादेखि प्रसारणमा आउने भएको छ । 

जेठ ११ गते बिहीवारबाट टेलिसिरियलको तेस्रो सिजन प्रसारणमा आउन लागेको हो । 

यो टेलिसिरियललाई अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’ले संयुक्त रुपमा लेखन एवं निर्देशन गर्दै आएका छन् । 

यतिबेला उनीहरू सिरियलको तयारीमा मेहनत गरिरहेका छन् । सिरियललाई राम्रो बनाउन मेहनतका साथ काम गरिरहेको अर्जुनले बताए ।

तेस्रो सिजनमा राम्रा विषयवस्तु समेट्ने प्रयास आफूहरूको रहने समेत उनले बताए ।

हिमालय टीभीमा बेलुका ८ बजे टेलिसिरियल प्रसारण हुनेछ । टेलिभिजनमा प्रसारण सुरु भएको १ घण्टापछि ‘सक्किगोनि’लाई दर्शकले युट्युबमा हेर्न पाउनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्