×

NMB BANK
NIC ASIA

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलोग्राम सुन तस्करी भएको विषयको पोल क्लोज सर्किट टीभी (सीसीटीभी) फूटेजले खोलेको पाइएको छ ।

Muktinath Bank

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख भन्सार प्रशासक अरुण पोखरेलका अनुसार नायब सुब्बा रेबन्त खड्काले भन्सारको गोदामबाट नै सुन साटफेर गरेको देखिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘नासु खड्काले सामान परिवर्तन गरेको सीसीटीभी फूटेजले देखाएको छ,’ प्रमुख भन्सार प्रशासक पोखरेलले लोकान्तरसँग भने । 


Advertisment
Nabil box
Kumari

सीसीटीभी अनुसन्धान गर्दा नासु खड्काले लामो समय लगाएर भन्सारको गोदामभित्र सुन भरिएको भेप (विद्युतीय चुरोट) लाई साटेको देखिएको हो । प्रारम्भिक अनुसन्धानमा उनले झोला र आफ्नो खल्तीमा राखेर सामान साटफेर गरेको देखिएको छ ।

Vianet communication

उनले करीब १०–१५ दिन लगाएर सामान साटेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । 

भेप बरामद गर्दा पहिले प्रयोग भएको सुटकेश जस्ताको त्यस्तै अवस्थामा रहेको र त्यसभित्रको सामान परिवर्तन भएको देखिएको पोखरेलले बताए ।
  
‘हामीले आन्तरिक अनुसन्धान गरेका थियौं, त्यसबाट उनले लामो समय लगाएर थोरैथोरै सामान खल्ती र झोलामा राखेर साटफेर गरेको पुष्टि भएको छ,’ उनले लोकान्तरसँग भने, ‘उक्त सामान करीब १५ दिन अगाडि मात्र साटिएको पाइएको छ ।’

७३० थान ‘ई–सिगरेट’ (भेप) नेपाल भित्र्याउने क्रममा २०७९ पुस १० गते शंकास्पद लागेपछि त्रिभुवन विमानस्थलको आगमन कक्षबाट विमानस्थल भन्सारले जफत गरेको थियो ।

त्यसलाई प्रक्रिया पूरा गरेर २०७९ माघ १९ गते त्रिभुवन विमानस्थलको भन्सार गोदाममा ई–सिगरेट भनेर दाखिला गरिएको प्रमुख भन्सार प्रशासक पोखरेलले बताए । 

‘हामीले पुस १० गते जफत गरेको ई–सिगरेट माघ १० गते भन्सारको गोदाममा दाखिला गरेका थियौं,’ उनले भने । 

पोखरेलका अनुसार अन्य सामान भएको भए एउटा प्रक्रिया पूरा गरेपछि लिलामीमा जान्थ्यो तर ई–सिगरेट भएकाले लिलामी प्रक्रियामा लाने वा नलाने भन्ने विषयमा छलफल भइरहेको थियो । 

‘चुरोट तथा सूर्तीजन्य वस्तुहरू सरकारले लिलामी गर्नु हुँदैन भन्ने भएकाले रोकिएको थियो,’ प्रशासक पोखरेलले भने । 

उनका अनुसार त्यही छलफल भइरहँदा सिगरेट छुटाउनलाई एउटा समूह ३–४ पटक आयो । त्यसपछि भन्सार विभागलाई शंकास्पद लागेपछि त्यसको सत्यतथ्य जाँच गर्न थालियो ।

‘फेरि एक्सरे गर्दा पनि केही देखिएन तर मानिसहरू निरन्तर छुटाउन आएपछि त्यसमा केही गडबडी छ भन्ने हिसाबले अनुसन्धान भइरहेको थियो,’ पोखरेलले भने ।

त्यस क्रममा प्रत्येक भेप खोलेर हेर्दा विमानस्थलबाट जफत गरेर ल्याएकोभन्दा गोदाममा भेटिएको सामान फरक पर्‍यो । विमानस्थलको एक्सरेबाट खिचेर आएको तस्वीर र त्यहाँ भएको भेपको तस्वीर फरक देखिएपछि सामानमा भएको गडबडीको रहस्य बाहिर आएको थियो । 

त्यो अनुसन्धान गर्नका लागि विमानस्थलको भन्सार विभागले सहसचिवको नेतृत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो, त्यसले नै नासू रेबन्त खड्काले गरेको भन्ने रहस्य खोलेको थियो ।

प्रमुख भन्सार प्रशासक पोखरेलका अनुसार त्यसमा लागूऔषध हुनसक्ने अनुमान गरिएको थियो । अहिले पनि त्यसमा कति परिमाण सुन थियो भन्ने तथ्य बाहिर आएको छैन ।
 
‘त्यसभित्र के थियो र कति परिमाण थियो भन्ने कुरा हामीकहाँ आइपुगेको छैन,’ पोखरेलले लोकान्तरसँग भने । 

उनका अनुसार आन्तरिक अनुसन्धानबाट नासू रेबन्त दोषी देखिएपछि थप अनुसन्धानका लागि भन्सार विभागले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई वैशाख २६ गते पत्र पठाएको थियो । प्रहरीले नासू खड्कासहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका अन्यको पहिचान प्रहरीले गोप्य राखेको छ तर उनीहरू सुन व्यापारी भएको स्रोतले लोकान्तरलाई बतायो ।

सीआईबीले विमानस्थल भन्सारले पत्राचार गरेकाले त्यसमा थप अनुसन्धानका लागि नासुसहित अन्यलाई पक्राउ गरेको बताएको छ । ‘यो अहिले अनुसन्धानको क्रममा भएकाले अन्य केही बोल्न मिल्दैन,’ सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) संजयसिंह थापाले भने, ‘अहिले ४ जनालाई सीआईबीले पक्राउ गरेको छ ।’

सीआईबीका अनुसार अहिले पनि कति परिणामा सुन थियो । कहिलेदेखि आउँथ्यो भन्ने विषय खुलेको छैन । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x