०९ साउन २०८३, शनिबार

शान्तिश्रीसँगको स्वरमा अमितले ल्याए ‘पात बजाउँदै’ [भिडियो]

शान्तिश्रीसँगको स्वरमा अमितले ल्याए ‘पात बजाउँदै’ [भिडियो]

गायक अमित सुनारले ‘पात बजाउँदै’बोलको गीत सार्वजनिक गरेका छन् ।

तीन दिनअघि सार्वजनिक उक्त लोकदोहोरी गीतलाई स्रोता एवं दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ । यो प्रेमगीतमा स्वर छ अमित र गायिका शान्तिश्री परियारको । बिक्रमबाबु परियारले कोरेका शब्दमा संगीत दिएका छन् नन्दु परियारले । ​​

अमितकै हुकलाइन रहेको गीतलाई एचबिएन किस्मतले एरेन्ज गरेका हुन् ।

भिडियोको शीर्ष भूमिकामा गायक अमित नै प्रस्तुत छन् । साथमा आभा थापा, विजया विश्वकर्मा र सुवर्ण दुलालको अभिनय भिडियोमा हेर्न सकिन्छ ।

भिडियोलाई छायांकन र निर्देशन सुनिल.बि.कले गरेका हुन् । युट्युबमा दिनहुँ सार्वजनिक हुने गीतको भिडमा यसको भिडियो अलग्गै लाग्छ ।

शुक्रवार दिउँसोसम्ममा भिडियोले युट्युबमा १ लाख ५० हजार भ्युज पाएको छ । त्यसमा आएका अधिकांश प्रतिक्रियाहरू सकारात्मक छन् । 

गायक, मोडल एवं प्रस्तुतकर्ता अमितले सबैबाट पाएको सकारात्मक प्रतिक्रियाले आफूलाई साङ्गीतिक क्षेत्रमा राम्रो गर्दै जान हौसला मिलेको बताउँछन् ।

‘निरन्तरताभित्र फरक गर्ने प्रयास गरेका थियौँ’ उनी भन्छन् – ‘जतिले हेर्नुभएको छ, फरक गर्न खोजेको भन्दै हौसला दिनुभएको छ । एकदमै खुशी छु ।’ 

मिलन विश्वकर्माको सम्पादन रहेको ‘पात बजाउँदै’ गीतको भिडियो गायक अमितको अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्