×

NMB BANK
NIC ASIA

‘वेलकम टु हेम्जाकोट’को ट्रेलर सार्वजनिक

जेठ ५, २०८०

NTC
Premier Steels

नेपाली फिल्म ‘वेलकम टु हेम्जाकोट’को ट्रेलर शुक्रवार सार्वजनिक गरिएको छ ।

Muktinath Bank

सामाजिक कथामा कमेडी शैली मिश्रण गरेर यो फिल्म निर्माण गरिएको हो । डिजिटल पार्टनर ओएसआर डिजिटलमार्फत सार्वजनिक ट्रेलर अनुसार यो फिल्म वैदेशिक रोजगारी, बेरोजगारीले निम्त्याउने समस्या, अन्तरजातीय प्रेममा आउने उतार–चढाव लगायतका विषयवस्तुमा आधारित रहेको आँकलन गर्न सकिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्म यही जेठ २६ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । नेपालबाहेक जापान, अष्ट्रेलिया, अमेरिका र युरोपका केही सहरमा पनि फिल्म प्रदर्शन हुँदैछ । 


Advertisment
Nabil box
Kumari

केही दिनअघि मात्रै निर्माण टिमले एक पोस्टर सार्वजनिक गरेर नयाँ प्रदर्शन मिति घोषणा गरेको थियो । गएको तिहारमा सार्वजनिक हुने भनिएको यो फिल्म प्राविधिक कारण पोस्टपोन्ड भएको थियो । 

Vianet communication

आज सार्वजनिक ट्रेलरलाई शाहिल खानले निर्माण गरेका हुन् ।

तेज प्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की, सुमन खड्काको लगानीमा निर्माण भएको यस फिल्ममा सरोज पौडेलको लेखन तथा निर्देशन छ । 

बुद्धि तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, प्रदिप ढकाल, सन्दिप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सीना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई, प्रेविल कंडेल, स्व.जयनन्द लामा, लगायतका कलाकारको अभिनय फिल्ममा हेर्न सकिन्छ । वरिष्ठ कलाकार लामाको यो अन्तिम फिल्म पनि हो ।

यो फिल्म केही समयअघि काठमाडौंमा सम्पन्न चौथो नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा उत्कृष्ट नेपाली फिल्मको अवार्ड जितेको थियो ।

फिल्मको यसअघि सार्वजनिक आइटम डान्स ‘मायाको रेडियो’, तिहार सम्बन्धित गीत ‘सेलको बासना चलेको’ लगायतले दर्शकको ध्यान तानेको थियो ।

सार्वजनिक ट्रेलरले पनि दर्शकको मन जित्ने विश्वास निर्माण टिमको छ । 

मिलन श्रेष्ठको एक्सन, मित्र डि गुरुङको सम्पादन रहेको फिल्मका डिओपी दीर्घ गुरुङ हुन् । कविराज गहतराज, गम्भीर विष्टको संयुक्त कोरियोग्राफी, शाश्वत श्रेष्ठको व्याकग्राउण्ड म्युजिक रहेको फिल्मका गीतहरूमा इन्दिरा जोशी, शान्तिश्री परियार, अस्मिता अधिकारी, राज सागर, राजन इशान, उदेश श्रेष्ठ लगायतका चर्चित गायक–गायिकाहरुको आवाज सुन्न सकिन्छ । गीतका म्युजिक डिरेक्टर राज सागर हुन् ।

फिल्मलाई सुनिल मानन्धरले नेपालभरका लागि वितरणको जिम्मा लिएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x