×

NMB BANK
NIC ASIA

तिलोत्तमाका स्वास्थ्यकर्मीले ५ महिनादेखि तलब नपाएपछि आन्दोलन

जेठ १०, २०८०

NTC
Premier Steels

विगत ५ महिनादेखि तलब नपाएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाका स्वास्थ्यकर्मी आन्दोलित भएका छन् ।

Muktinath Bank

दोहोरो सहमतिमा काज सरुवा भएर दरबन्दीभन्दा बढी कर्मचारी भएपछि सम्पूर्ण स्वास्थ्यकर्मी तलबविहीन भएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सहमतिमा आएका कर्मचारीलाई तलब खुवाउने दायित्व पालिकाको हो । 


Advertisment
Nabil box
Kumari

तिलोत्तमा नगरपालिकाअन्तर्गत सम्पूर्ण स्वास्थ्यकर्मीले बुधवार पत्रकार सम्मेलन गरी लामो समयसम्म तलब नपाउँदा दैनिक गुजारा गर्न समेत अप्ठ्यारो परेको भन्दै आफूहरूको माग सम्बोधन नभए कडा संघर्षमा उत्रिन बाध्य हुने चेतावनी दिए ।

Vianet communication

आन्दोलनका संयोजक ज्ञानप्रसाद पौडेलले बारम्बार अनुरोध र छलफल गर्दा पनि तलब नपाएपछि आन्दोलित भएको बताए । 

‘हामी आन्दोलन गरे पनि सेवा अवरुद्ध गरेका छैनौं,’ पौडेलले भने, ‘तर हामी भोकभोकै काम गर्न सक्दैनौं । ५ महिनाको तलब अबिलम्ब उपलब्ध गराई आगामी दिनमा निरन्तर पाउने व्यवस्था होस् ।’

नगरपालिकामा ७८ जना स्वास्थ्यकर्मी कार्यरत छन् । जसमध्ये ४५ जनाको दरबन्दी हो भने ३३ जना दोहोरो सहमतिमा सरुवा भएर आएका हुन् । नगरभित्र ७ वटा स्वास्थ्य चौकी छन् । संयोजक पौडेलले ४ करोड रुपैयाँ तलबका लागि अपुग रहेको बताए । 

नगर प्रमुख रामकृष्ण खाँण, उपप्रमुख जागेश्वरदेवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले आफूहरूका समस्या राख्दा कुनै चासो नदिएको उनीहरूको गुनासो छ । स्वास्थ्यकर्मीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । अहिले कालोपट्टी बाँधेर काम गरिरहेका छन् ।

जनस्वास्थ्य निरीक्षक थानेश्वर बस्यालले आन्दोलनलाई बेवास्ता गरिए भोक हड्तालमा उत्रिन बाध्य हुने बताए । उनले करारका कर्मचारीलाई सामाजिक सुरक्षा कोषको व्यवस्था हुनुपर्ने माग गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

ओखलढुंगा पलापुका तुलबहादुर माझी सोमवार दिउँसो हतार-हतारमा थिए । आफ्नी बहिनीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उनी ओमान जाँदै थिए ।  तिहारको मध्य दिनमा देश छाड्नु पर्दा न दिदीबहिनी खुशी थि...

मंसिर २२, २०८०

नेपाली सेनाले रिक्त पद पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जंगी अड्डाले सूचना प्रकाशित गर्दै रिक्त पदमा आवेदन आह्वान गरेको हो ।  सूचनामा उल्लेख भएअनुसार प्राविधिक र विविध सेवातर्...

माघ १५, २०८०

काठमाडौं-तराई-मधेश द्रुतमार्ग सडक आयोजनाले करारमा कर्मचारी माग गरेको छ । आयोजनाले सोमबार सूचना जारी गर्दै वृक्षारोपण हेरालु पदमा कर्मचारी माग गरेको हो ।  सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन आह्वान...

कात्तिक १७, २०८०

नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार अधिकृत क्याडेट पदका लागि आवेदन आह्वान गरेको हो ।  नेपाली सेनामा रिक्त २२९ अधिकृत प...

बैशाख ७, २०८१

​चालू आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख जनाले श्रम स्वीकृति लिएका छन् । चैतमा मात्रै ७० हजार नौ सय ३३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । श्रम स्व...

पुस १३, २०८०

 पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेका परीक्षार्थीले उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आज एक सूचना जारी गरी उक्त व्यवस्था भएको जनाउँदै आवेदन बुझाउने म्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x