२३ असार २०८३, मंगलबार

विदेशमा गैरकानूनी हैसियतमा रहेका नेपालीलाई कानूनी वैधता दिन पहल गरिने

विदेशमा गैरकानूनी हैसियतमा रहेका नेपालीलाई कानूनी वैधता दिन पहल गरिने

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले सरकार वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने प्रयासमा रहेको बताएका छन् । 

प्रवासी नेपाली समन्वय समितिको साझेदारीमा श्रम रोजगार पत्रकार समूहले स्थापना गरेको ‘श्रम रोजगार पत्रकारिता पुरस्कार–२०७९’ हस्तान्तरण समारोहलाई आज सम्बोधन गर्दै उनले वैदेशिक रोजगारीलाई मर्यादित, सम्मानित र सुरक्षित गर्ने सरकारको लक्ष्य रहेको बताए । 

“खुला अर्थतन्त्र र विश्वव्यापीकरणको अहिलेको सन्दर्भमा श्रम बजारको ‘मुभमेन्ट’ लाई व्यवस्थित बनाउनुपर्छ”, उनले भने, “अहिलेको विश्वव्यापीकरणको फाइदा नेपालले पनि लिनुपर्छ, यसलाई अवसरका रूपमा लिँदै मुलुकलाई समृद्ध बनाउनुपर्छ ।”

मन्त्री भण्डारीले जुनसुकै माध्यमबाट विदेशमा पुगी गैरकानूनी अवस्थामा रहेका नेपाली नागरिकलाई एक पटकका लागि कानूनी वैधता दिने तयारी गरिएको बताए । “विदेशमा अवैधानिकरूपमा रहेका, श्रम स्वीकृति नलिएका, श्रम स्वीकृतिको अवधि सकिएका सबै नेपालीलाई एक पटकका लागि सम्बन्धित मुलुकसँग समन्वय गरेर कानूनी वैधता दिने अभियान सञ्चालन गरिनेछ”, उनले भने । 

विश्व बजारमा रहेको रोजगारका सम्भावनालाई खुला गर्न सरकार लागि परेको उल्लेख गर्दै मन्त्री भण्डारीले भने, “कूटनीति सम्बन्ध स्थापना भएका सबै मुलुकमा रोजगारीको सम्भावना खुला गर्न सरकारले पहल जारी राखेको छ ।”

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)का अध्यक्ष विनोद श्रेष्ठले श्रम क्षेत्रलाई व्यवस्थित बनाउनका लागि सरोकारवालाको सुझावलाई सरकारले प्राथमिकता दिनुपर्ने बताए । 

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगार व्यवसायीले मुलुकको समृद्धिमा पु¥याएको योगदानको मूल्याङ्कन हुनुपर्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्