२५ असार २०८३, बिहीबार

राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

असार २३, २०८३
काठमाडौं
राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

सभाको आजको बैठकमा अर्थमन्त्री डा वाग्लेले प्रस्ताव प्रस्तुत गरेको उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो । उक्त प्रस्ताव प्रस्तुत गर्दै मन्त्री डा वाग्लेले सरकारले सहुलियत ऋण मात्रै लिएको स्पष्ट पारे । 

यसअघि उक्त प्रस्तावमाथिको छलफलमा सांसदहरु रामकुमारी झाक्री, प्रेमप्रसाद दंगाल र खम्मबहादुर खातीले भाग लिदै आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्