×

कांग्रेस शुद्धीकरणको प्रयास

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

जेठ १४, २०८०

सामान्यतया  रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार  भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'ले समाज विज्ञान, जीव विज्ञान र राजनीति शास्त्रमा या अन्य विज्ञान वा शास्त्रमा अलग अलग अर्थ बोक्छ। हामी यहाँ राजनीतिक दल वा एउटा प्रजातान्त्रिक संस्था रूपान्तरणको प्रसंगमा कुरा गर्दैछौं । यो के का निम्ति र किन भन्ने आम जिज्ञासाको चित्त बुझ्दो आधार, तर्क र कारण देखाउँदै छौं।

Laxmi Bank

गत साता  रूपान्तरण अभियान प्रारम्भ गर्ने छलफलमा बसेको बेला  केही साथीहरूले नेतृत्व परिवर्तन मात्रै सबै समस्याको समाधान हो भन्ने आशयका टेलिफोन गरेको चर्चा चल्यो । तर अभियान भित्रका साथीहरूमा भने यस्तो एकलकाँटे बुझाइ र भावना मात्र थिएन । किनभने अभियानकर्ताहरू आफ्नो जीवनको उर्वर समय कांग्रेसमा व्यतीत गरिसकेका र अप्ठ्यारो समयमा समेत थोरबहुत योगदान पुर्‍याएका पात्र थियौं । हामी सबैलाई राम्रोसँग थाहा छ कि कुनै पनि संस्था वा राजनीतिक दललाई प्रभावकारी रूपमा सञ्चालन गर्न यसका बहुआयामिक पक्षलाई ध्यान दिँदै सुदृढ बनाउनु पर्छ। यसमा मुख्य कुरा  समयानुकूल  नीति र नेतृत्व दुवै आवश्यक पर्छ। तथापि  अभियानकर्ताहरू प्रष्ट थियौं कि यतिबेला कांग्रेसका अगाडि इतिहासले खडा गरेका चुनौतीहरू सामान्य र औसत छैनन्। समय नै सबै समस्याको समाधान हो, विस्तारै हुँदै जान्छ  भनेर चुपचाप बस्ने र राम्रो दिन आइहाल्छ नि भन्दै  पर्खने स्थितिमा हामी छँदैछैनौं। गत आम चुनावबाट एकैसाथ उदाएका रास्वपा र जनमत पार्टीले पहाड र मधेश दुवैतिरबाट राजनीतिक आक्रमण गर्ने सम्भावनाको प्रभावकारी परीक्षण उपचुनावमार्फत् गरिसकेका छन् । अरू प्रतिद्वन्द्वी दलहरू यथावत् सक्रिय रहेको पृष्ठभूमिमा केही कम्युनिस्ट पार्टीहरूको समाजवादी केन्द्र बन्ने र अन्ततः एमालेसँग हुनसक्ने सम्भावित  एकता, सहकार्य वा कम्तीमा चुनावी गठबन्धनले कांग्रेसलाई कहाँ पुर्‍याउने हो भन्ने दुष्चिन्ताले आम सदस्यहरूलाई सताउन थालेको थियो।


Advertisment
पूर्व राजाको देवी देउराली भ्रमण, भाकल र मठमन्दिरको पुजा अर्चनासमेत सामान्य छैन ।

त्यसमाथि पूर्व राजाको देवी देउराली भ्रमण, भाकल र मठमन्दिरको पूजा अर्चनासमेत सामान्य छैन । अर्को कुरा उनले आफ्नो गतिविधि शान्तिपूर्ण रूपमा सञ्चालन गरिरहेका छन्। प्रजातन्त्रमा जो कोहीले शान्तिपूर्ण कृयाकलाप गर्न पाउँछ । यसपटक राप्रपाले बढाएको जनमतलाई समेत नजरअन्दाज गर्न सकिँदैन । जो पूर्व राजासँगै उभिएको छ। यस्तो बेलामा पार्टीले आफूभित्रका समस्या, थपिएका नयाँ चुनौती र सम्भावित संकटलाई दृष्टिगत गरेर देश, जनता र लोकतन्त्रको भविष्यका लागि ठोस कदम चाल्नुपर्ने र यस्तो काम तुरुन्तै थाल्नुपर्ने कुरामा विशेष जोड थियो । यी कामहरू पार्टीकै अग्रसरतामा संस्थागत रूपमै अघि बढाइनु पर्नेमा कांग्रेसभित्रको अलमलले सिंगो पार्टी पंक्तिलाई सताएको अवस्था विद्यमान छ। यस्तो परिस्थितिमा कांग्रेसका सरोकारवाला सदस्यको हैसियतले केही न केही गर्नैपर्छ भन्ने लागेर अभियानको थालनी गरिएको हो। धेरै पर्खेर बस्ने समयको सुविधा हामीसँग नभएकोले पनि २०८० भित्र केही गरिहाल्न खोजेको हो। सही लागेको तथा जायज  कुरा भन्न  र गर्न समेत पाउने भएरै होला, सायद कांग्रेस पार्टीलाई लोकतन्त्रको पाठशाला भनिएको हो। यी सबै परिस्थिति समेतलाई दृष्टिगत गरी अन्ततः आवश्यक परे कठोर कदम चाल्नसमेत तयार हुने गृहकार्य समयक्रममा हुने नै छ।


Advertisment

पहिलो कुरा त अभियानका सदस्यहरू कोही पनि पार्टी नेतृत्वप्रति पूर्वाग्रह राख्तैनन् न त निरपेक्षविरोधी हुन्। पार्टी महाधिवेशनमा फरक-फरक समूहमा रहेर प्रतिस्पर्धा गर्ने कुरा स्वाभाविक तर अस्थायी हो भन्ने कुरा हामी सबैले बुझेका छौं । अभियानकर्ताहरू पार्टी संगठनमा निरन्तर काम गरेका सदस्य भएको नाताले दलभित्रका हरेक गतिविधिमा गहिरो चासो राख्छन्। यो उनीहरूको नैसर्गिक अधिकार पनि  हो। आफ्नो घरभित्रका समस्याबारे राम्रो जानकार भएकाले ती समस्या हटाउन के गर्नुपर्छ भन्ने सामान्य सुझबुझसमेत राख्ने जिम्मेवार व्यक्तिहरूले पार्टीका साथीहरूसँग छलफल गर्नु कुनै अपराध पनि होइन। आखिर कुराकानी र छलफलबाटै समस्या समाधानको सूत्र पहिल्याउने हो र कार्यान्वयनमा जाने हो।

गुरुराज घिमिरे

प्रजातन्त्रको पुनःस्थापनातत्पश्चात कांग्रेस, एमाले, माओवादीलगायत संसदमा रहेका सबै दल पालैपालो सत्तामा पुगे। तर राष्ट्रिय आवश्यकता र जनअपेक्षा मुताविक  देशको उन्नति हुन सकेन। हामी सबैलाई थाहा छ, प्रजातान्त्रिक राजनीतिको केन्द्र देश र जनता नै हो। तर दुःखका साथ भन्नु पर्छ राजनीतिको केन्द्र देश  र जनता बनेनन्। सत्ता र नेताहरूको वैयक्तिक  स्वार्थ राजनीतिको केन्द्र  बन्यो। सुधारका अवसरहरू धेरै पटक आए, जनताले माफी दिए तर यसको गुञ्जायस देखिएन। ०६२/६३ को ऐतिहासिक जनआन्दोलनताका नेताहरूले नागरिक समाजलाई साक्षी राखेर जनसमक्ष गरेको 'अब गल्ती गर्दैनौं' भन्ने  बाचा बिर्सिए। परिणामस्वरूप राजनीतिले राम्रो र चित्तबुझ्दो प्रतिफल दिन सकेन। विकास प्रक्रिया सुस्त गतिमा अघि बढ्यो। यस तीतो यथार्थलाई नेतृत्वगणले आत्मसात गरेको देखिएन। यसको अपवाद कांग्रेस बन्न सकेन। समाजको हरेक क्षेत्रमा असन्तुष्टि बढ्दै गयो। युवाहरू सबैभन्दा बढी निराश र आक्रोशित भए। अवसर पाएका सबै राजनीतिक दलहरू असन्तुष्टिको निशाना बन्न थाले। यसैगरी नेपालका  ठूला दलका ठूला नेताहरूप्रतिको जनआक्रोशले कुनै पनि बेला आकार ग्रहण गर्न सक्ने खतरा समेत त्यतिकै देखिनुले संकट निकै गहिरिएको अवस्था  देखिन थाल्यो। यसले दलभित्रका सामान्य सदस्यहरूको औडाहा बढ्न थाल्यो। यस्तो औडाहा कांग्रेस, कम्युनिस्ट सबैमा देखियो। अरु दलको कुरा छाडौं, नेपाली जनताले सबैभन्दा बढी विश्वास गरेको राजनीतिक दल कांग्रेस तनावग्रस्त देखियो। यस स्थितिलाई मध्यनजर राख्दै कांग्रेसभित्रका चेतनासम्पन्न अग्रणी युवा जमातले सच्चिने कि सकिने भन्ने भाष्य तयार पार्यो। तत्पश्चात 'सुधार त्यो पनि रूपान्तरणसहितको' अभियान प्रारम्भ भएको हो । र पहिलो चरणमा देशव्यापी अन्तरक्रिया गर्ने निर्णय गर्‍यौं । अन्तरक्रियाबाट प्राप्त सुझावलाई दृष्टिगत गरी उपयुक्त विकल्प तय गर्ने संकल्पसहितको मार्गचित्र तयार गरेका छौँ ।

ठूला नेताहरूप्रतिको जनआक्रोशले कुनै पनि बेला आकार ग्रहण गर्न सक्ने खतरा छ

देशव्यापी अन्तरक्रिया एउटा त्यस्तो विधायक आयोजना हो, जसमा कांग्रेसका आधिकारिक नेताहरू सहभागी हुन्छन्, जसले कांग्रेसको आन्तरिक  समस्या पहिल्याउन प्रमुख भूमिका खेल्छ। अर्कातिर पार्टी बाहिरका आम जनताले आफूले खोजेको शासकीय शैली, राजनीतिक दलको आधारभूत चरित्र र जनतासँगको सम्बन्ध, नेताहरूको छवि र कार्यसम्पादन र वर्तमान राजनीतिका बारेको आफ्नो धारणा राख्नेछन्।  यस्ता आयोजनाहरू संस्थागत रूपमै सञ्चालन हुँदा सबैभन्दा उत्तम हुन्थ्यो। तर महाधिवेशन सम्पन्न भएको डेढ वर्षसम्म नीति महाधिवेशनसमेत हुन सकेन। देश, प्रजातन्त्र र पार्टीमाथि चौतर्फी चुनौती र संकट खडा भएका बेला सबै नेता र सरोकारवाला सदस्यहरू एकताबद्ध भएर भविष्यका लागि आज काम गर्नुपर्ने स्थितिमा छौं भन्ने कुरा जगजाहेर नै छ। तर कसैले  यसको हेक्का राखेको देखिएन। सबैजसो नेताहरू बेहोसीमा फगत यान्त्रिक कार्यमा मग्न देखियो। फेरि दुःखका साथ भन्नुपर्छ, हाम्रा प्राथमिकताहरू निकै फरक देखिए। अभियानका निम्ति अर्को खुशीको कुरा पार्टी कसरी चलेको छ भन्ने कुराको दृष्टान्त स्वयं जल्दाबल्दा महामन्त्रीद्वयको स्वीकारोक्ति र विद्रोहको आवाज हो।

१४औं महाधिवेशनले कांग्रेसको मूल नेतृत्वलाई यथावत राखे पनि प्रतिस्पर्धी शेखर कोइराला आफैंमा युग परिवर्तनका द्योतक हुन् भने दलका युवा पदाधिकारीहरू समकालीन राजनीतिका आशाप्रद पात्रहरू मानिन्छन्। यसलाई उहाँहरूको आफ्नो भूमिका र कर्मले प्रमाणित गर्नुपर्दछ।  कांग्रेसको चौधौं महाधिवेशनमा  पार्टीको उच्च  पदमा कांग्रेस परम्पराका युवाहरू निर्वाचित भएपछि नयाँ युगको सूत्रपात हुने विश्वास गरिएको हो। यसलाई सही सावित गर्ने उहाँहरूले नै हो।

यतिबेला कांग्रेस स्वयं बेथिति ग्रस्त छ र यसका दुष्प्रभावहरू सर्वत्र परेका छन्। अन्य राजनीतिक दलले समेत कांग्रेसबाटै थोर बहुत सिकेका हुन्। यस मानेमा कांग्रेस अरू सबैको गुरुकुल हो । त्यसैले  उनीहरूले राजनीतिक सिद्धान्त र विशिष्टताबाहेक अन्य थोरबहुत  सद्गुण, दुर्गुण कांग्रेसबाटै ग्रहण गरेका हुन्। यसको ज्वलन्त प्रमाण प्रजातन्त्र कालको १२ वर्ष र लोकतान्त्रिक गणतन्त्र कालको पन्ध्र वर्षमा पार्टी कलह, विभाजन, एकता र विद्रुप  राज्य संचालन जस्ता गम्भीर मामला कांग्रेसले अन्य दलहरूलाई आपूर्ति गर्यो। पार्टी सञ्चालन र राज्य सञ्चालनमा सबै दलमा एकरूपता देखियो। यसले लोकतन्त्रको व्यक्तित्वलाई अपूरणीय क्षति पुर्‍यायो। अब यसको वस्तुनिष्ठ समीक्षा हुन जरुरी छ। र यसैका निम्ति नैं अहिलेको अभियान हो। यसमार्फत् राम्रो 'सर्भिसिङ' र इन्जिनमा देखिएको गडबडीलाई समेत ठीक गर्ने हो। अन्यथा आवश्यक परे इन्जिनसमेत फेर्नुपर्छ, यसमा द्विविधा मान्नु हुँदैन। यस विषयमा अभियानकर्ता स्पष्ट छौं ।

कांग्रेसको 'सर्भिसिङ' र इन्जिनको गडबडी ठीक गर्ने हो, आवश्यक परे इन्जिनसमेत फेर्नुपर्छ

हामीले अभियानको घोषणा कार्यक्रममा सार्वजनिक गरेका केही विषयवस्तु पार्टीको नवजीवनका निम्ति अपरिहार्य छन्। कांग्रेस साढे सात दशकसम्म सान्दर्भिक भइराख्नुमा यसले अवलम्बन गरेको सामयिक नीति र तदनुसारको रणनीति नै कारण हो। अहिले आएर यस निरन्तरतामा गडबडी पैदा भएको छ। इतिहासले उपलब्ध गराएका विभिन्न सुनौला अवसरहरूलाई हामीले चिन्न र उपयोग गर्न सकेनौ । जसको प्रतिफल स्वरूप जनताको हामीप्रतिको जनविश्वासमा ह्रास आएको छ। हरेक तहका निर्वाचनहरूमा एक्लै उभिनै नसक्ने अवस्थामा पुगेका छौं। यसको दूरगामी असर भयानक हुने देखिन्छ। व्यवहारवाद प्रारम्भमा सुझबुझपूर्ण वा बुद्धिमत्तापूर्ण देखिए पनि अन्ततः आत्मघाती सिद्ध हुनेछ। यसले लोकतन्त्रको मुल जरामा प्रहार गरी  कालान्तरमा अस्तित्व नै सिध्याउने छ। यस्तो अवस्थाबाट लोकतन्त्रको भावी जीवनलाई सुरक्षित गर्न कांग्रेसको वर्तमान नीतिमा पुनरावलोकन अत्यावश्यक देखिन्छ। हामीलाई चुनाव लड्न कसैको बैसाखी चाहिँदैन। केवल कांग्रेसको शिरदेखि तीरसम्म पूर्ण रूपान्तरण चाहिन्छ। यसले पार्टी सदस्य र जनताको कांग्रेसप्रति भरोसा र विश्वास बढाउँछ। यसोभन्दा पार्टीका एकथरी साथीहरू परम्परागत ढंगले लौ नेतृत्वको विरोध गर्ने ? भन्ठान्छन्। ती साथीहरूलाई बुझाउन समय लाग्ला। तर हामीले कसैको विरोध गरेको होइन । पार्टी सञ्चालन राम्रो भएन भन्न खोजेको हो। सर्वप्रथम हामीले अवलम्बन गरेको नीति ठीक भएन भनेको हो। पार्टीको न्याय पद्धति ठीक छैन। मूल्यांकन प्रणाली मनोगत र नेताप्रधान छ। सदस्यता प्रणाली, निर्वाचन प्रणाली र उम्मेदवार छनौट प्रणाली उपयुक्त छैन। लोकतन्त्रलाई योग्यतन्त्रले सही सिद्ध गर्छ र सफल बनाउँछ। तर हाम्रो लोकतन्त्रले कुलीनतन्त्रको चरित्र ग्रहण गर्दैछ। अब लोकतन्त्रलाई यसका मूल चरित्रमा कसरी फर्काउने ? आजको मुख्य चुनौती हो। त्यसैले हाम्रो अभियान कांग्रेसको सांगठनिक जीवनलाई सञ्जीवनी प्रदान गर्नका लागि हो। यो पार्टीका कुनै साथी वा समूहका विरुद्ध लक्षित छैन। यसलाई पार्टीले आफ्नो संस्थागत अभियान बनाउन सक्छ। हामीले कहिल्यै बिर्सनु हुँदैन कि कांग्रेसको आजसम्मको राजनीतिक यात्रामा हजारौं साथीहरूको दुःख, योगदान र बलिदान जोडिएको छ। साथै लाखौं जनताको शुभेच्छा र समर्थन समेत छ। यो तपाईं हामी जस्ता दुईचार सय या हजार मात्रको निजी मामला होइन। यो कसले अवसर पायो या पाएन या पाउँछ या पाउँदैन भन्ने विषय पनि होइन। पार्टी कार्यकर्ताले आत्मसम्मान र जनताले सुख पाउँछ कि पाउँदैन, देशको विकास र प्रतिष्ठा बढ्छ कि बढ्दैन भन्ने कुरासँग सरोकार राख्छ।

अभियानले पहिलो चरणका कार्यक्रमपश्चात् आगामी मार्गचित्र तयार गर्नेछ। देशभरिका साथीहरूको सुझावलाई आधार मान्दै विषयवस्तुलाई थप समृद्ध तुल्याउने छ। जसले कांग्रेस मात्र होइन, नेपाल र नेपालीको भविष्यलाई समेत निर्धारण गर्नेछ। त्यसैले पार्टीमा सुधार र नवजीवन चाहने सबै साथीहरू मिलेर यस अभियानलाई सफल बनाउन सविनय आग्रहसमेत छ।

भदौ २४, २०८१

कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

भदौ ९, २०८१

मानिसहरू भन्छन्, जीबी राईले १६ अर्ब खायो । तर, मैले घरबाट निस्किएको दिन भात खान पनि पाइनँ  । एक दाना स्याउको भरमा २४ घण्टा कटाएँ  । काँकडभिट्टा पुगेपछि साह्रै तनाव भयो  । त्यसपछि खाली पेटमा ए...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

साउन १६, २०८१

यो लेख धार्मिक हैन । तर, अलिअलि मार्मिक भने पक्कै हो । आफूलाई मन परेन भन्दैमा अपमान गर्नुको पनि एउटा हद हुन्छ । देवी प्रतिभा कसैको नोकर हैनन्, जे पायो त्यही भन्नका लागि । नोकरलाई पनि जे पायो त्यही भन्न मिल्दैन ...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

प्रधानमन्त्रीज्यू, हिंसा कि प्रतिरोध ?​

प्रधानमन्त्रीज्यू, हिंसा कि प्रतिरोध ?​

असोज ४, २०८१

तुर्केमिनिस्तानका राष्ट्रपति सपरमुरत नियाजोवको अनौठो बानी थियो । उनी चाहन्थे– संसारले उनलाई जानोस् । उनले एक पुस्तक लेखेका थिए– ‘रुन्ह’, जो प्रत्येक विद्यार्थीलाई पढ्न अनिवार्य थियो । उनल...

श्राद्ध के हो र कसरी गर्ने ?

श्राद्ध के हो र कसरी गर्ने ?

असोज २, २०८१

आजदेखि पितृपक्ष अर्थात् सोह्र श्राद्ध प्रारम्भ भएको छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्मलाई पितृपक्ष भनिन्छ । यस पक्षमा सनातन धर्मावलम्बीहरू पितृहरूलाई पिण्डपानी दिएर सन्तुष्ट पार्ने प्रयास गर्छन्, जस...

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

असोज १, २०८१

विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...

x