
सरकारले पशुपंक्षी महामारी रोक्नका लागि ५ करोड ६० लाख डोज भ्याक्सिन स्वदेशमै उत्पादन गर्ने घोषणा गरेको छ ।
संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री प्रकाशशरण महतले यस्तो बताएका हु्न् ।
स्वदेशमै भ्याक्सिन उत्पादनका लागि आवश्यक रकम विनियोजन गरिएको उनले बताए ।